Logo

२०८३, कार्तिक २८ गते शुक्रवार

२०८३, कार्तिक २८ गते शुक्रवार

बार्सिलोनाले जित निकाल्दा, एट्लेटिको बराबरीमा रोकियो 

बार्सिलोनाले जित निकाल्दा, एट्लेटिको बराबरीमा रोकियो 

  • भाद्र १४, २०७८ सोमवार ०९:२७ बजे
  • 538
    SHARES
  • बार्सिलोनाले जित निकाल्दा, एट्लेटिको बराबरीमा रोकियो 

    काठमाडौं– स्पेनिस ला लिगामा बार्सिलोनाले जित निकालेको छ। आइतबार राति घरेलु मैदानमा भएको गेटाफेविरुद्धको खेलमा बार्सिलोनाले २–१ गोलको जित निकालेको हो। 

    खेलको दोस्रो मिनेटमै सर्जी रोबर्टोको गोलमा बार्सिलोनाले अग्रता लिएको थियो। जोर्डी अल्वाले दिएको पासलाई सदुपयोग गर्दै रोबर्टोले गोल गरेका थिए।

    तर, १८औं मिनेटमा सेन्द्रोले गेटाफेका लागि गोल गरेपछि खेल १–१ गोलको बराबरीमा आएको थियो। तर, खेलको ३० औं मिनेटमा मेम्फिस डिपेलले डि जोङको पासमा गोल गरेपछि बार्सिलोनाले पुनः अग्रता बनाएको थियो। त्यसपछि दुवै टोलीबाट गोल हुन सकेन र बार्सिलोना विजयी बन्यो। जितसँगै उसले तीन खेलबाट ला लिगामा ७ अंक जोडेको छ। 

    त्यस्तै, आइतबार रातिको अर्को खेलमा एट्लेटिको मड्रिड भिल्लारियलसँग बराबरीमा रोकिएको छ। साविक विजेता एट्लेटिको घरेलु मैदानमा भएको खेलमा २–२ गोलको बराबरी रोकिएको हो। 
    २–१ गोलले पछि परेको अवस्थामा भिल्लाका एसा मेन्दीले इन्ज्युरीसमयमा आफ्नै पोस्टमा गोल गरेपछि मात्र एट्लेटिकोले खेल बराबरी गरेको थियो।

    पहिलो हाफमा गोलरहित बराबरी भएको खेलमा ५२औं मिनेटमा भिल्लारियलले अग्रता बनाएको थियो। त्यसलाई ५६औं मिनेटमा लुइस स्वारेजले बराबरी  गरे पनि ७४औं मिनेटमा भिल्लाले अग्रता बनाएको थियो।

    तर, अन्तिममा बराबरी भएपछि एट्लेटिको मड्रिड हारबाट जोगिएको हो। यो बराबरीसँगै उसले तीन खेलबाट सात अंक बटुलेको छ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij