वेबटिभी खबर
काठमाडौं । नेकपा एमाले दैलेखको जिल्ला भेला १६ भदौमा आयोजना हुने भएको छ । एमालेको संरचना २ जेठ ०७५ मा फर्किएसँगै सँगै दैलेखमा कर्णालीमै पहिलोपटक जिल्ला भेला हुन लागेको हो । भेलालाई एमाले उपाध्यक्ष एवम् कर्णाली इञ्चार्ज युवराज ज्ञवाली र एमाले कर्णाली दलका नेता तथा पार्टी सह–इञ्चार्ज यामलाल कँडेलले सम्बोधन गर्ने तय भएको छ ।
एमालेले कर्णाली प्रदेशका दशवटै जिल्लामा एकता भेला सुरु गरेको अध्यक्ष गोरख बोगटीले जानकारी दिए । बोगटीका अनुसार सुर्खेतमा १७ भदौमा भेला आयोजना गरिएको हो । जिल्लामा भेलाको आन्तरिक तयारी भइरहेको उनले बताए ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij