Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

दरबन्दी नभएका विद्यालयलाई शिक्षकको व्यवस्था गरिने

दरबन्दी नभएका विद्यालयलाई शिक्षकको व्यवस्था गरिने

  • 657
    SHARES
  • दरबन्दी नभएका विद्यालयलाई शिक्षकको व्यवस्था गरिने

    म्याग्दी । शून्य दरबन्दीमा माध्यमिक तह संचालन गरेका विद्यालयलाई म्याग्दीको रघुगंगा गाउँपालिकाले शिक्षकको व्यवस्था गर्ने भएको छ । सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार योजनाअन्तर्गत कार्यपालिका बैठकको निर्णयअनुसार पहिलो चरणमा शून्य दरबन्दीमा मावि तह संचालन भएका विद्यालयमा गाउँपालिकाले करारमा विषयगत शिक्षक नियुक्त गर्ने प्रक्रिया अघि बढाएको हो ।

    images

    वडा नम्बर-१ तिप्ल्याङमा रहेको कालिका मावि, वडा नम्बर-३ को पिप्लेमा रहेको रघुगंगा मावि, मौवाफाँटमा रहेको ज्ञानोदय मावि, वडा नम्बर-४ मा रहेको जनता मावि र वडा नम्बर-८ मा रहेको रितुङ माविमा एक/एक जना शिक्षक करारमा नियुक्त गर्न लागेको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले जानकारी दिए ।

    गाउँसभामार्फत नै शून्य दरबन्दीका विद्यालयहरूमा शिक्षक व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको उल्लेख गर्दै उनले आवश्यकताका आधारमा करार अवधिलाई थप गर्दै लगिने बताए । विद्यालयहरूले आवश्यकताका आधारमा माग गरेबमोजिम विषयगत शिक्षकहरूका लागि दरखास्तसमेत आह्वान गरिसकेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिए ।

    उनका अनुसार कालिकामा विज्ञान, रघुगंगा र रितुङमा अंग्रेजी र ज्ञानोदय र जनतामा गणित विषयको माध्यमिक तहको शिक्षकको दरखास्त आह्वान गरिएको छ ।  

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology