Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

  • 575
    SHARES
  • माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै

    काठमाडौं  । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बसेको छ । सोमबार दिउँसो पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आकस्मिक स्थायी समिति बैठक बोलाएका हुन् । बैठक केहीबेर अघि सुरु भएको अध्यक्ष प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले जानकारी दिए ।

    बैठकमा पार्टीको सांगठनिक विषयमा छलफल भएको सहभागी एक नेताले जानकारी दिए । यसअघि गत साता बसेको नेकपा माओवादी केन्द्रको बैठकले सातै प्रदेशका इञ्चार्ज, सह इञ्चार्ज र जिल्ला समन्वय समितिको प्रमुख तोकेको थियो । तर कतिपय प्रदेशका पदाधिकारीहरुले पूर्णता पाएको थिएन ।

    अहिले बसेको बैठकले पार्टीबाट सरकारमा पठाउने मन्त्रीको टुंगो लगाउने सम्भावना रहेको छ । प्रधानमन्त्री शेरबहादुर देउवासहित सत्तागठबन्धनका शीर्ष नेताहरूबीच सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा छलफल भएको थियो । उक्त छलफलमा बुधबारसम्म मन्त्रिपरिषद्लाई पूर्णता दिन नेताहरूबीच सहमति भएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij