वेबटिभी खबर
काठमाडौं । हाम्रो नेपाली समाजमा सहजै उपलब्ध हुने लसुनलाई आयुर्वेदमा औषधिका रुपमा प्रयोग गरिन्छ ।
लसुनलाई जडिबुटी पनि मानिन्छ । तर लसुनको चिया पनि बन्छ भन्दा अचम्म लाग्न सक्छ । सामान्यतया लसुनको चिया खाने चलन पाइँदैन ।
तर केही ठाउँमा लसुनको चिया खाने चलन छ । लसुनको चिया स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । लसुनको चिया पनि अदुवा चियाजस्तै उपयोगी र स्वादिष्ट हुन्छ ।
कसरी बनाउने ?
यसलाई बनाउनको लागि एउटा भाडामा पानी उमाल्नु पर्छ । पानी उम्लन थालेपछि चियापत्ति राख्नु पर्छ ।
त्यसपछि कुटेर मसिनो बनाएको लसुन, अदुवा राखेर केहीबेर उमाल्ने ।
स्वादका लागि थोरै अलैंचीको पाउडर ल्वाङ मिसाउन सकिन्छ । यसले चियालाई स्वादिलो पनि बनाउँछ ।
जब यो राम्रोसँग उम्लिन्छ यसलाई छानेर कपमा राखेर पिउनु पर्छ ।
यसलाई घरमै सजिलैसँग बनाउन सकिन्छ । लसुन चियामा कागती र मह मिसाएर खानाले यसको गुणमा बढोत्तरी हुन्छ । जसले हामीलाई स्वस्थ र तन्दुरुस्त राख्छ ।
फाइदा
यसरी बनाएको चिया नियमित पिउनाले हाइपरटेन्सन र मधुमेह रोगसँग लड्न मद्दत गर्छ । लसुनले रक्तचाप नियन्त्रण गर्ने भएकाले यो चियाले फाइदा हुन्छ ।
एन्टी–भाइरल र एन्टी ब्याक्टेरिया गुणको लागि लसुनको चिया पिउन सुझाइन्छ ।
लसुनको चियाले पाचनतन्त्र बलियो, रोग प्रतिरोध क्षमता विकास र निराेगी बनाइराख्छ ।
यो चिया मुटु रोगीहरुको लागि उपयुक्त हुन्छ ।
लसुनको चिया भिटामिन ‘सी’ले भरिपूर्ण हुन्छ । जसकारण शरीरमा कोलेस्ट्रोलको स्तर नियन्त्रण र मुटुरोगको जोखिमबाट पनि बच्न सकिन्छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij