काठमाडौं– क्याटलान क्लब बार्सिलोनाको जाओ फेलिक्स भित्र्याउने प्रयास असफल बनेको छ। बार्सिलोनाले ले एट्लेटिको मड्रिडका फरवार्ड जोआ फेलिक्सलाई लोमा भित्र्याउन चाहेको थियो । तर, बार्साको यो प्रस्तावलाई एट्लेटिकोले अस्विकार गरेको छ ।
गोल डटकमका अनुसार यी खेलाडीका एजेन्ट जर्ज मेन्डिसमार्फत बार्साले प्रस्ताव अघि बढाएको थियो । तर, एट्लेटिकोले फेलिक्सलाई ऋण पठाउने वा बेच्ने कुनै योजना बनाएको छैन । बरु, यी खेलाडीलाई आफ्नो क्लबको भविष्य ठानेको छ ।
एट्लेटिकोले लगातार दोस्रोपटक ला–लिगा जित्ने लक्ष्य राखेको छ । गत सिजन क्लबलाई ला–लिगा जिताउन फेलिक्सले पनि महत्वपूर्ण भूमिका निभाएका थिए । उनले ५८ पटक ला–लिगा खेल्दै १३ गोल र ६ पटक एसिस्ट गरिसकेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij