Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

माधव समूहका सांसदहरू होटलमा लुक्नुको कारण यस्तो रहेछ

माधव समूहका सांसदहरू होटलमा लुक्नुको कारण यस्तो रहेछ

  • 702
    SHARES
  • माधव समूहका सांसदहरू होटलमा लुक्नुको कारण यस्तो रहेछ

    विराटनगर । नेकपा एकीकृत समाजवादीले सांसदलाई होटलमा राखेर बन्दक बनाएको आरोप लागेपछि (एस) मा खुलेका सांसदहरुले चार दिनमा होटल छाडेका छन् । एमालेले एकीकृत समाजवादीले सांसद्हरुलाई होटलमा बन्धक बनाएको आरोप लगाउँदै आएको थियो । समाजवादीमा लागेका १० सांसदहरुले सोमबार साँझदेखि होटल छाडेका हुन् । उनी गत शुक्रबारबाट विराटनगरको बिग होटलमा बस्दै आएका थिए ।

    होटल छाडेसँगै उनीहरुले विराटनगरनै छाडेका छन् । होटलमा बस्दा विभिन्न आरोप आएपछि होटल छाडेको नेकपा (एसं) का केन्द्रीय सदस्यसमेत रहेका प्रदेश सांसद राजेन्द्र राईले जानकारी दिए । आफू इटहरीमा रहेको र केही अन्य केही सांसदहरु धरानतिर गएको राइले बताए । ‘भोलि प्रदेश निर्वाचन आयोगमा मात्रै सबैको भेट हुने हुन्छ । होटलमा बस्दा विभिन्न कुरा सुनेपछि हामीले होटल छाडेका हौँ’, राईले भने ।

    अहिलेसम्म प्रदेश सांसदहरू राजेन्द्रकुमार राई, खिनु लङ्बा, सावित्रीकुमारी रेग्मी, राजन राई, कृष्णकुमारी राई, गणेशकुमार काम्बाङ, सुनिताकुमारी चौधरी, सरिता थापा, उपेन्द्र घिमिरे र पदमकुमारी गुरुङ नयाँ पार्टीको पक्षमा खुलेका छन् । राजेन्द्र, गणेश र कृष्णकुमारी केन्द्रीय सदस्य नै हुन् ।

    मंगलबार नै प्रदेश निर्वाचन कार्यालयमा गएर हस्ताक्षर गर्ने रणनीतिअनुसार उनीहरु होटलमा बसेका थिए । प्रदेश सरकारले मंगलबार झापा, मोरङ र सुनसरीमा रथ तान्न सार्वजनिक विदा दिएपछि उनीहरु बुधबार मात्रै आयोगमा जाने भएका हुन् ।   

  • सम्बन्धित विषय:

  • # सांसद्

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij