Logo

२०८३, मंसिर १ गते सोमवार

२०८३, मंसिर १ गते सोमवार

रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

  • 745
    SHARES
  • रोनाल्डोले युनाइटेडसँग गरे दुई वर्षको सम्झौता

    म्यानचेस्टर । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई अनुबन्ध गरेको छ । मंगलबार युनाइटेडले युभेन्ट्सका ३६ वर्षीय फरवार्ड रोनाल्डोलाई अनुबन्ध गरेको हो । सम्झौता दुई वर्षको रहेको युनाइटेडले जनाएको छ । 

    पाँचपटकको बालोन डी ओर विजेता रोनाल्डो १२ वर्षपछि युनाइटेड फर्किएका छन् । यसअघि रोनाल्डोले सन् २००३ देखि ९ सम्म युनाइटेडबाट खेलेका थिए । 

    युनाइटेडबाट रियल म्याड्रिड पुगेका रोनाल्डो त्यहाँ ९ वर्ष खेल्दै इटाली पुगेका थिए । सिरी ए मा युभेन्ट्ससँग एक वर्षको सम्झौता बाँकी रहँदै रोनाल्डो पूर्वक्लब युनाइटेड फर्किएका हुन् । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij