Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

यस वर्षको मोती पुरस्कार पौडेल र अधिकारीलाई

यस वर्षको मोती पुरस्कार पौडेल र अधिकारीलाई

  • 612
    SHARES
  • यस वर्षको मोती पुरस्कार पौडेल र अधिकारीलाई

    काठमाडौं । नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने भएको छ ।

    images

    राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि ५० हजार र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शंकरप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिए ।  

    गत वर्ष कोभिड-१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उनले बताए । गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology