Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

  • 658
    SHARES
  • सभामुखविरुद्धको मुद्दा संवैधानिक इजलासमा

    काठमाडौं । सभामुख अग्नि सापकोटाविरुद्ध जारी मुद्दाको पेसी चढेको छ । सर्वोच्च अदालतको संवैधानिक इजलासमा बुधबार सो मुद्दाको पेसी चढेको हो ।   प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडा छन् । नियमित पेसीमा चढे पनि धेरै मुद्दाहरु त्यसभन्दा माथि रहेकाले बुधबार सुनुवाइ हुने यकिन छैन ।

    माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै ०६८ सालमा मुद्दा दायर भएको थियो । यसअघि पटकपटक सुनुवाइको पेसी तोकिएको यो मुद्दाको सुनुवाइ भने हुन सकेको छैन । लामापत्नी पूर्णिमाया लामा, मानव अधिकारकर्मी सुशील प्याकुरेललगायतले ६ असार ०६८ मा मुद्दा दर्ता गराएका थिए । सो मद्दामाथि प्रारम्भिक फैसला गर्दै तत्कालीन न्यायाधीश सुशीला कार्की र ओमप्रकाश मिश्रको इजलासले उक्त मुद्दा संवैधानिक इजलासमा जाने आदेश गरेको थियो ।

    लामापत्नी पूर्णिमायाले  ७ मंसिर ०६९ मा पतिको हत्यामा सापकोटाको हात रहेकाले तत्काल कर्तब्य ज्यानमुद्दा अघि बढाउन माग गर्दै रिट निवेदन दायर गरेकी थिइन्। ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij