Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

युवा जागे देशले कोल्टे फेर्छ : जनार्दन शर्मा

युवा जागे देशले कोल्टे फेर्छ : जनार्दन शर्मा

  • 979
    SHARES
  • युवा जागे देशले कोल्टे फेर्छ : जनार्दन शर्मा

    काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देश विकासका लागि युवा पुस्ता जाग्नुपर्ने बताएका छन् । बुधवार ज्ञानकुञ्ज एजुकेशन फाउण्डेशन प्रा.लि.को भवन शिलान्यास कार्यक्रममा अर्थमन्त्री शर्माले यस्तो बताएका हुन् । कार्यक्रममा बोल्दै उनले देश विकासका लागि अबको एक दशक युवापुस्ता लागि परेमात्र देशले कोल्टे फेर्ने दाबी गरेका छन् । 

    images

     ‘हाम्रो देशको विकास गर्नका लागि हामीसँग भएको पर्याप्त साधन, स्रोत, जनशक्ति अहिले जे छ, नेपाल युवा बहुल जनशक्तिमा छ, यो १० वर्षको अवधिमा हामीले यो देशलाई विकास गर्न सक्यौं भने यो एउटा अवसर हो, यदि यो १० वर्षको अवधि प्रयोग गर्न सकेनौं भने क्रमशः अहिलेको युवा, प्रौढ हुँदै, वृद्ध हुँदै बुढाहरुको बाहुल्य हुने अवस्था सिर्जना हुन्छ,’ नेकपा माओवादीका शीर्ष नेतासमेत रहेका शर्माले भने ।

    अर्थमन्त्री शर्माले युवाले देखेको देशको विकास र समृद्धिमा भ्रष्टाचार, राजनैतिक समस्या भइरहेकोले युवाहरू निराश भएको र अब त्यस्तो नैराश्यता पैदा हुन नदिने आश्वासन दिए । संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेर अघि बढ्ने क्रममा राजनीति केही अस्थिरजस्तो देखिएकोसमेत उनले बताए । देशमा उत्पादनमुखी अर्थतन्त्रको आवश्यक्ता रहेको भन्दै आफूसँग भएका स्रोत साधनलाई प्रयोग गरेर आत्मनिर्भर बन्न सकिने अर्थमन्त्री शर्माले उल्लेख गरे ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology