Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

दूधमा आत्मनिर्भर बनाउन किसानलाई भैंसी बाँडियो 

दूधमा आत्मनिर्भर बनाउन किसानलाई भैंसी बाँडियो 

  • 854
    SHARES
  • दूधमा आत्मनिर्भर बनाउन किसानलाई भैंसी बाँडियो 

    अर्घाखाँची । शितगंगा नगरपालिकाका ५० जना किसानलाई उन्नत जातको मुर्रा भैंसी दिइएको छ । संघीय सरकारको भैंसी प्रवर्द्धन कार्यक्रमअन्तर्गत ५० प्रतिशत अनुदानमा भैंसी वितरण गर्ने कार्यक्रमअनुसार शितगंगा नगरपालिका ५० जना किसानलाई भैंसी उपलब्ध गराइएको हो ।

    केन्द्रबाट आएको अनुदान रकममा नगरपालिका पाँच लाख रुपैयाँ थप गरि किसानहरुलाई भैंसी उपलब्ध गराएको शितगंगा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम केसीले जानकारी दिए । उनकाअनुसार केही किसानले भैंसी लिए भने आफैं भैंसी खरिद गर्ने किसानलाई रकम उपलब्ध गराइएको हो ।

    नगरपालिकाले पाँच लाख रुपैयाँसहित २१ लाख ३३ हजार १५ रुपैयाँ रुपैयाँ किसानहरूलाई हस्तान्त्रण गरेको छ ।किसानको लागतसहित ४८ लाख ३८ हजार नौ सय ७० रुपैयाँमा भैंसी खरिद भएका छन् ।  सहकारीमार्फत बिल भरपाइका आधारमा किसानलाई रकम वितरण गरिएको शितगंगा दूग्ध उत्पादन तथा बिक्री वितरण सहकारीका अध्यक्ष कमल आर्चायले जानकारी दिए ।

    प्रत्येक किसानलाई अनुदान स्वरुप ४२ हजार ६ सय ७३ रुपैयाँ किसानलाई सहकारीमार्फत प्रदान गरिएको छ । वार्षिक २० हजार लिटरभन्दा बढी दूध बिक्री गर्ने व्यावसायिक भैंसी पालन गरेका दोण घिमिरेले भैंसी किन्दाभन्दा उत्पादनको अनुदान बढी हुने भएकोले अप्ठेरोमा परेको गुनासो गरे ।

    प्रदेश सरकारमार्फत शितगंगाका ५७ जना किसानले प्रतिलिटर दुई रुपैयाँका दरले ९० हजार एक सय एक लिटर दूध बिक्रीबाट  एक लाख ८० हजार रुपैयाँ प्राप्त गरेका छन् । नगरपालिकालेसमेत उत्पादनका आधारमा प्रतिलिटर तीन रुपँयाँ दिने भने पनि किसानले अहिलेसम्म रकम पाएका छैनन् । तर, वडा नम्बर १२ ले भने गत वर्ष आफ्ना किसानलाई उत्पादनका आधारमा अनुदान वितरण गरेको थियो  ।

    अर्घाखाँचीको शितगंगा नगरपालिका शितगंगा दूग्ध सहकारीमार्फत किसानले उत्पादन गरेको दूध बिक्री वितरणमा सहज भएको छ । सहकारीमा अहिले शितगंगा नगरपालिका वडा नं.२, ३, ४, ५, १२, १३ लगायत अन्य वडाका गरी करिब दुई सयभन्दा बढी कृषकहरु आवद्ध छन् ।

    उनीहरुले उत्पादन गरेको दूग्धजन्य पदार्थ सिधै सहकारीमार्फत डेरीमा उचित मूल्यमा बिक्री गर्ने गरेका छन् । सहकारीका अध्यक्ष तथा कमल दूध डेरीका सञ्चालक कमल आचार्यले परिश्रम गरेका कृषकहरुलाई बजारको व्यवस्था गरेर उचित मूल्य दिई उनीहरुलाई हौसला प्रदान गर्ने उद्देश्यले सहकारी स्थापना गरिएको बताए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij