Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

एमाले अध्यक्ष ओलीद्वारा सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा रिट

एमाले अध्यक्ष ओलीद्वारा सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा रिट

  • 640
    SHARES
  • एमाले अध्यक्ष ओलीद्वारा सभामुखको निर्णयविरुद्ध सर्वोच्चमा रिट

    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सभामुख अग्नि सापकोटाविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन पेश गरेका छन् । १ भदौमा एमालेले कारबाही सिफारिस गरेका १४ जना सांसदलाई पदमुक्त नगरेको भन्दै अध्यक्ष ओलीले वारेसनामामार्फत बुधबार सर्वोच्चमा रिट निवेदन पेश गरेका हुन् । निवेदन दर्ता हुन भने बाँकी छ ।

    एमाले केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङले सांसद कारबाही सिफारिसमा रोकेर सभामुखले अधिकारको पालना नगरेकाले उक्त निर्णयविरुद्ध सर्वोच्चमा रिट निवेदन दिएको जानकारी दिए । रिटमा कारबाही गरेर १४ सांसदलाई मान्यता दिएर दल दर्ता गरेको भन्दै निर्वाचन आयोगलाई पनि विपक्षी बनाइएको छ ।

    एमालेले १४ जनालाई सांसद पदमुक्त गर्न सर्वोच्चसँग अन्तरिम आदेश माग गरेको छ । सभामुखले अधिकार दुरुपयोग गरेर रोकेका माधव नेपालसहित १४ सांसदलाई पदमुक्त गर्नुपर्ने एमालेको तर्क छ । एमालेले १४ सांसदलाई कारवाही गर्ने निर्णय गर्दै पदमुक्त गर्न १ भदौमा संसद सचिवालयमा सिफारिस गरेको थियो । तर,सभामुख सापकोटाले कारबाही सिफारिस विचाराधीन राखेर नेकपा (एकीकृत समाजवादी) दल दर्तापछि १३ भदौमा १४ सांसदलाई कारबाही गर्न नपर्ने जनाएका थिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij