Logo

२०८३, मंसिर २ गते मंगलवार

२०८३, मंसिर २ गते मंगलवार

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थागित

एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थागित

  • 594
    SHARES
  • एमालेको अवरोधपछि लुम्बिनी प्रदेशसभा बैठक पुनः स्थागित

    काठमाडौं । नेकपा एमालेले लुम्बिनी प्रदेशसभा बैठक सञ्चालनमा पुनः अवरोध गरेको छ । एमालेले कारबाही गरेका सांसद अजय शाही र विमला खत्री वलीलाई सभामुख पूर्णबहादुर घर्तीले पदमुक्त गरेको सूचना ननिकालेको भन्दै प्रमुख प्रतिपक्षीसमेत रहेको दल एमालले बैठक चल्न नदिएको हो ।

    प्रदेशसभाको नवौं अधिवेशनको पाँचौं बैठक बिहीबारका लागि बोलाइएको भए पनि प्रदेशसभाले बुधबार नै सूचना टाँसेर अधिवेबन स्थगित भएको जनाएको छ । आफ्नो माग पुरा नभए प्रदेशसभा चल्न नदिने चेतावनीसहित एमालेले १ भदौदेखि प्रदेशसभामा अवरोध गर्दै आएको छ । 

    यसअघिका चार वटा बैठक रोकिए पनि मुख्यमन्त्री कुलप्रसाद केसीले विश्वासको मत लिने प्रयोजनका लागि ७ भदौमा एमालेको बहिष्कारबीच बैठक चलेको थियो । सोही बैठकमा मख्यमन्त्री केसीले दलहरूबाट विश्वासको मत लिएका थिए । सोही दिन विश्वासको मत लिइसकेपछि १७ भदौसम्मका लागि बैठक स्थागित भएको थियो ।

    प्रदेशसभा सञ्चालनका विषयमा प्रमुख प्रतिपक्षी एमालेसँग सहमति हुन नसकेको र नेपाली कांग्रेसको अधिवेशन आएकाले बैठक ३० भदौमा बस्ने गरी बैठक स्थगित गरिएको प्रदेशसभाले जारी गरेको सूचनामा उल्लेख छ । 

    शाहीले एमालेको चुनाव लिएर निर्वाचित भएको र वली पहिलेबाटै एमालेमा रहेको र अहिले पनि एमालेकै सांसद भएको तर उनीहरूले मुख्यमन्त्री केसीलाई समर्थन गरेपछि एमालेले कारबाही गरेको हो ।  सभामुख घर्तीले वली र शाहीलाई एमालेको पत्रको आधारमा पदमुक्त गर्न नमिल्ने तर्क गरेपछि आफूहरूले प्रदेशसभा सञ्चालनमा अवरोध गर्नुपरेको एमाले सांसद्को भनाइ छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij