Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

शरीर आकर्षक बनाउन दौडिनुस् 

शरीर आकर्षक बनाउन दौडिनुस् 

  • 502
    SHARES
  • शरीर आकर्षक बनाउन दौडिनुस् 

    काठमाडौं । शरीरको तौल घटाउनका लागि गर्मी मौसम निकै अनुकुल हो । किनभने गर्मीमा भोक कम लाग्ने र पसिना ज्यादा आउने भएकाले तौल घटाउन सहज हुन्छ ।

    शरीरको तौल घटाउनु मोटो मान्छेका लागि निकै ठूलो चुनौती बन्दै गएको छ । बढी तौल रोगको घर भएकाले अहिले तौल घटाउन चाहने धेरै हुन्छन् । तर, कसरी ? प्रमाणिक तथ्यअनुसार दैनिक १० मिनेट दौडिन सुरु गरे छिटै नै तौल घट्छ । दौडिन थालेपछि तौल नियन्त्रण हुने मात्र नभइ शरीरको आकार पनि आर्कषक बन्छ । 

    आकर्षक शरीर 
    शारीरिक व्यायामका लागि दैनिक दौडिनु उत्तम उपाय हो । यसले अरु व्यायामको तुलनामा आधा समयमै परिणाम दिन्छ । 

    दौडन थालेपछि शरीरको बनावट नै चुस्त र छरितो हुन्छ । दैनिक करिब आधा घण्टा दौडिँदा शरीरमा जम्मा भएको अनावश्यक बोसो पसीनाको माध्यमबाट घट्छ र शरीर आकर्षक बन्छ ।

    मांशपेशी बलियो हुन्छ 
    दैनिक बिहान दौडिदा मांशपेशीहरु पनि मजबुत हुन्छ । दौडेका बेला एकै पटक धेरै मांशपेशीले काम गर्छ । जसले गर्दा मांशपेशी बलियो हुन्छ । दैनिक एक घण्टा बिहान दौडिदा मांशपेशीको कार्य क्षमतामा पनि वृद्धि हुन्छ । 

    मुटु स्वस्थ 
    दौडले हाम्रो मुटुलाई पनि फाइदा पुग्छ । यसले उच्च रक्तचापलाई कम गर्न मद्धत गर्छ । दौडिदा हाम्रो मुटुको कार्यक्षमता पनि बढ्छ । यसकासाथै शारीरिक व्यायाम तथा दौडले रक्त सञ्चारप्रणालीलाई पनि राम्रो बनाउँछ । 

    राम्रो हार्मोनमा वृद्धि 
    दैनिक दौडनाले राम्रो हार्मोनको उत्पादन हुन्छ । राम्रो हार्मोनले तौल घटाउन पनि मद्दत गर्छन् । 

    दौडने बानीले रोग प्रतिरोध क्षमता पनि बलियो हुन्छ । कोरोना महामारीबाट बच्न रोग प्रतिरोध क्षमता बढाउन आवश्यक छ । यसका लागि व्यायाम उपयुक्त माध्यम हो । चिकित्सकले पनि नियमित व्यायाम गर्न सुझाव दिँदै आएका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij