Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने

फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने

  • 5.3K
    SHARES
  • फलोअपः इसीडी शिक्षक र विद्यालय कर्मचारीलाई तलब दिन सर्वदलीय निर्णय चाहिने

    काठमाडौं । इनरुवा नगरपालिकाले इसीडी शिक्षक र विद्यालय कर्मचारीको तलब वृद्धिका लागि सर्वदलीय निर्णय चाहिने बताएको छ । प्रारम्भिक बालविकास इनरुवा नगर समितिको अध्यक्ष एवम् आन्दोलन समितिको संयोजक सोनु मगरले नगरपालिकाको सो भनाइ उद्घृत गर्दै बेवटिभी खबरलाई बिहीबार जानकारी गराएकी हुन् ।

    images

    संघीय सरकारले मासिक ८ हजार तलब दिएको र स्थानीय सरकारबाट ७ हजार थप गरी १५ हजार दिनुपर्ने माग गर्दै सोनु मगरको नेतृत्वमा गत असार २४ गते इसीडी शिक्षक र विद्यालय कर्मचारीले नगरपालिकासमक्ष मागपत्र बुझाएका थिए । मागपत्र बुझाएको डेढ महिना पुगिसक्दा पनि नगरपालिकाले कुनै वास्ता नगरेकाे मगरले बताइन् । 

    ‘माथिबाट (केन्द्र) जति आउँछ त्यति नै दिन सक्छौं,’ नगरपालिकाको भनाइ सुनाउँदै बिहीबार बेवटिभी खबरसँग संयाेजक मगरले भनिन् । माग सम्बोधन गर्न नगरपालिका असहमत देखिएको उनको भनाइ छ ।

    स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक स्थानीय सरकारलाई जिम्मा लगाउनुभन्दा केन्द्रबाट नै तलब छुट्याउनुपर्छ: इसीडी शिक्षक

    मगरले तलब बढाउन नगर प्रमुख राजन मेहतालाई प्रत्यक्ष अप्रत्यक्ष दबाब दिइरहेकी छिन् । मगरको भनाइमा नगर प्रमुख मेहताले तलब दिन सर्वदलीय निर्णय आवश्यक पर्ने बताएका छन् ।

    माग कार्यान्वयनका लागि इसीडी शिक्षक र विद्यालय कर्मचारीले नगरपालिकालाई निरन्तर दबाब दिंदै आएका छन् । तिज सकिएपछि सक्रियरूपमा दबाब दिने संयाेजक मगरले बताइन् ।

    सरकारले श्रम ऐनअनुसार घोषणा गरेको सेवा सुविधाबाट आफूहरू वञ्चित रहेको भन्दै देशभरका इसीडी शिक्षक र विद्यालय कर्मचारीहरू आन्दोलनमा छन् । 

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology