Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

म्यान्मारमा कसरी बन्यो महिलाको कपडा विरोधको हतियार ? 

म्यान्मारमा कसरी बन्यो महिलाको कपडा विरोधको हतियार ? 

  • चैत्र १, २०७७ आइतवार १२:०७ बजे
  • 978
    SHARES
  • म्यान्मारमा कसरी बन्यो महिलाको कपडा विरोधको हतियार ? 

    याङगुन । म्यान्मारका महिलाले सैन्य शासनविरुद्ध आफ्ना कपडासँग सम्बन्धित एक स्थानीय अन्धविश्वासको उपयोग गरिरहेका छन्, जसलाई म्यान्मारमा ‘सरोङ क्रान्ति’ पनि भनिएको छ । म्यान्मारमा कोही पुरुष महिलाको सरोङ तल जान्छ भने उसले आफ्नो मर्दपना गुमाउने विश्वास गरिन्छ । म्यान्मारमा मर्दपनालाई हपोन भनिन्छ र दक्षिण–पूर्व एशियामा महिलाले कम्मरमा लगाउने एक वस्त्रलाई सरोङ भनिन्छ ।

    myanmar 1.jpg 

    प्रहरी र सेनाका कर्मचारीहरुलाई आवासीय क्षेत्रमा प्रवेश गर्न र गिरफ्तार गर्नबाट रोक्न महिलाहरूले म्यानमारका धेरै सहरहरूका व्यस्त सडकमा सरोङ झुण्ड्याइदिएका छन् र केही ठाउँमा यसको प्रभाव पनि देखिएको छ। 

    म्यान्मारका सामाजिक सञ्जालमा भाइरल भएका केही भिडियोमा प्रहरीहरु टाँगिएका कपडाहरु झिकेर मात्र सडकमा प्रवेश गरेको देखिन्छ । महिलाहरुले एउटा नारा पनि बनाएका छन्, ‘हाम्रो सरोङ, हाम्रो ब्यानर, हाम्रो जीत ।’ म्यान्मारका महिलाहरुले यसलाई सरोङ क्रान्तिको रुपमा स्थापित गर्नका लागि लोकप्रिय सामाजिक मान्यतामा विश्वास गरेका छन् । हुतुन नामका एक पुरुष भन्छन्, ‘एउटी महिलाको सरोङ एक अशुद्ध कपडा हो, यसलाई ममाथि राखियो भने त्यसले मेरो शक्ति कम हुन्छ भन्ने अन्धविश्वाससँगै म हुर्केँ ।’

    sarong.jpg

    प्रदर्शनकारीहरूले म्यानमारमा सैन्य शासनको अन्त्य गर्न र फेब्रुअरी १ मा अपदस्थ गरिएकी आङ सान सुकीलगायत देशको निर्वाचित सरकारका नेताहरुको रिहाइको माग गरिरहेका छन् । सेनाले निर्वाचनमा धाँधली भएको भन्दै सत्ता कब्जा गरेको र निर्वाचन गरेर विजयी हुनेलाई सत्ता हस्तान्तरण गर्ने बताएको छ । सैन्य शासनको विरोधमा ४० दिन यतादेखि भइरहेको आन्दोलन सुरक्षाबलले दमन गर्न खोज्दा अहिलेसम्म ६० जनाको मृत्यु भइसकेको संयुक्त राष्ट्र संघले जनाएको छ । मृत्यु हुनेमा केही महिला पनि छ । 

    सैन्य शासनविरूद्ध भइरहेकाे प्रदर्शनमा महिलाकाे सक्रिय सहभागीता छ ।

    बेलायतमा बस्ने बर्मेली लेखक मिमी आय भन्छन्, ‘प्रदर्शनकारी महिलाले यी यौनवादी विश्वासहरुलाई आफ्नो फाइदाको लागि प्रयोग गर्दैछन । ‘परम्परागत रुपमा सरोङलाई सौभाग्यको प्रतीकका रुपमा पनि लिइन्छ । एक समय, युद्धमा जाँदा पुरुषहरु आफ्नी आमाको सरोङका एउटा सानो टुक्रा साथमा लिएर जान्थे । यस्तै, सन् १९८८ को विद्रोहको क्रममा प्रदर्शनकारीले आफ्नी आमाको सरोङ बन्डाना (शिरमा बाँधिने कपडा) को रुपमा बाँधेका थिए ।’

    हाल महिला प्रदर्शनकारी सार्वजनिक रुपमा सरोङको शक्ति उपयोग गरिरहेका छन् । मार्च ८ मा अन्तर्राष्ट्रिय महिला दिवसको असरमा महिला प्रदर्शनकारीले सरोङलाई विभिन्न ठाउँमा बाँधेर झुण्ड्याएका थिए, जसलाई क्रान्तिको एक पाटोको रुपमा लिइएको छ । लोकतन्त्र समर्थक थिन्सर शुन्ली यीले आफ्नो फोटो अनलाइन पोष्ट गर्दै ‘मेरो सरोङले मलाई म्यानमारको सेनाले भन्दा बढी सुरक्षा दिन्छ’ लेखेकी छन् । 

    धेरै महिलाहरु सरोङ ओढेर प्रदर्शनमा सहभागी भएका पनि छन् । उनीहरुले सामाजिक सञ्जालमा महिला सशक्तिकरण गर्ने र विरोध प्रदर्शन गर्ने बहादुरी महिलाहरुप्रति एकता देखाउने माध्यमका रुपमा सरोङ रहेको बताएका छन् । 

    sarong.jp1.jpg

    saro.jpg

     

  • सम्बन्धित विषय:

  • # म्यान्मार
  • # प्रदर्शन

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij