Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

बन्दुक पड्काउँदा पनि भागेनन् बाँदर, किसान हैरान

बन्दुक पड्काउँदा पनि भागेनन् बाँदर, किसान हैरान

  • 1.2K
    SHARES
  • बन्दुक पड्काउँदा पनि भागेनन् बाँदर,  किसान हैरान

    काठमाडौं । स्याङ्जाको पुतलीबजार आसपासका किसान बाँदरले बालीनाली नष्ट पारेपछि हैरान छन् । गतवर्ष पुतलीबजार नगरपालिकाले बाँदर धपाउन किसानलाई बाँडेको बन्दुक पड्काउँदासमेत बाँदरको बिगबिगी नहटेपछि किसान हैरान बनेका हुन् ।

    images

    'एक टोल एक बन्दुक' को मापदण्ड बनाएर २ सय ९५ टोलमा पाँच लाख रूपैयाँ बराबरको बन्दुक निःशुल्क बाँडेको नगरपालिकाको भनाइ छ । ‘गतवर्ष नगरपालिकाले बन्दुक त बाँड्यो तर अहिले बन्दुकको आवाज सुनेर बाँदर भाग्न छाडे,’ पुतलीबजारका किसान राजन पाण्डेले भने, ‘बन्दुकको आवाज सुनेर केही दिन त बाँदर भागे पनि । तर बन्दुकले केही नगर्ने रहेछ भन्ने थाहा पाएपछि बाँदर भाग्न छाडे ।’

    गतवर्ष दुई चार ठाउँमा आफूहरू स्थलगत रूपमै पुगेर बन्दुक पड्काउँदा बाँदर बेतोडले भागेका तर अहिले सोही बन्दुकको आवाज सुन्दा बाँदर भाग्न छोडेको नगरपालिकाका मेयर सीमाकुमारी क्षेत्रीले बताइन् ।

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology