Logo

२०८०, चैत्र १५ गते बिहिवार

२०८०, चैत्र १५ गते बिहिवार

तलब थपको माग गर्दै विद्यालय कर्मचारीले बुझाए जानकी गाउँपालिकासमक्ष ध्यानाकर्षण पत्र [पत्रसहित]

तलब थपको माग गर्दै विद्यालय कर्मचारीले बुझाए जानकी गाउँपालिकासमक्ष ध्यानाकर्षण पत्र [पत्रसहित]

  • 2.0K
    SHARES
  • तलब थपको माग गर्दै विद्यालय कर्मचारीले बुझाए जानकी गाउँपालिकासमक्ष ध्यानाकर्षण पत्र [पत्रसहित]

    काठमाडौं । तलब थपको माग गर्दै गाउँपालिकासमक्ष ध्यानाकर्षण पत्र बुझाइएको छ । नेपाल विद्यालय कर्मचारी परिषद्, जानकी गाउँपालिका कार्यसमिति दुर्गौली, कैलालीले गाउँपालिका शिक्षा शाखा प्रमुखलाई बिहीबार (१७ भदौ) तलब थपसम्बन्धी ध्यानाकर्षण पत्र बुझाएको हो ।

    images

    २०७५ साउन ३० गते पनि कर्मचारी परिषद्ले ध्यानाकर्षण पत्र बुझाएको थियो । पत्र बुझाएको तीन वर्ष हुँदासमेत माग सम्बोधन नगरिएकाले पुनः पत्र बुझाइएको परिषद्का अध्यक्ष फुलिराम चौधरीले जानकारी दिए ।

    सरकारले आर्थिक वर्ष २०७८/०७९ को बजेटमा विद्यालय लेखापाल र कार्यालय सहयोगीलाई १५ हजार पुर्याउनुपर्ने बताएको छ, ध्यानाकर्षण पत्रमा भनिएको छ, ‘यस गाउँपालिकाबाट उक्त कुरालाई संशोधन गरीदिनुहुन ध्यानाकर्षण पत्र पेश गर्दछौं ।’

    सरकारले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई ४५,०० र ७,५००, त्यस्तै लेखापाललाई ११,५०० रुपैयाँ दिदै आएको छ । स्थानीय सरकारले उक्त तलबमा थपेर १५ हजार पुर्याउनुपर्ने माग गर्दै देशभरका विद्यालय कर्मचारी आन्दोलनमा छन् । 

    हेर्नुहोस् ध्यानाकर्षण पत्र 
    kailali.jpg  

    kailali1.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology