Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

रोनाल्डोविना पोर्चुगलले कतारलाई हरायो 

रोनाल्डोविना पोर्चुगलले कतारलाई हरायो 

  • भाद्र २०, २०७८ आइतवार ०९:१२ बजे
  • 520
    SHARES
  • रोनाल्डोविना पोर्चुगलले कतारलाई हरायो 

    एजेन्सी – कप्तान क्रिस्टियानो रोनाल्डोविना नै पोर्चुगलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा कतारमाथि सहज जित हात पारेको छ ।

    अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता, स्टार फरवार्ड रोनाल्डोबीचनाको पोर्चुगलले ९ खेलाडीमा समेटिएको फिफा विश्वकप २०२२ को आयोजक कतारमाथि ३–१ को सहज जित हात पारेको हो । पोर्चुगलको जितमा आन्द्रे सिल्भा, ओटाभियो र ब्रुनो फर्नान्डेसले गोल गर्दा कतारका एडिलकारिम हसन फाडाल्लाले एक गोल फर्काए ।

    २३औं मिनेटमा  आन्द्रे सिल्भाको गोलबाट पोर्चुगलले अग्रता लिएको थियो । २५औं मिनेटमा ओटाभियोले गोल गर्दै पोर्चुगलको अग्रता दोब्बर पारे ।

    ४३औं मिनेटमा गोलरक्षक मेसाल वर्षहम सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार १० खेलाडीमा सीमित बनेको थियो । गोन्कालो गुइडेसलाई फल गरेपछि रेफ्रीले भिएआरको सहायता लिदै उनलाई रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो ।

    १० खेलाडीमा समेटिएको कतारले ६१औं मिनेटमा एडिलकारिम हसन फाडाल्लाले एक गोल फर्काए ।  ८८औं मिनेटमा ब्रुनो फर्नान्डेसले पेनाल्टीमा गोल गर्दै पोर्चुगलको जित पक्का गरे । ब्रुनो ५९औं मिनेटमा जोओ मौटिन्होको स्थानमा मैदान छिरेका थिए ।

    पोर्चुगललाई अनावश्य पेनाल्टी दिएको भन्दै रेफ्रीसँग खराव आचरणसहित विवादमा उत्रने प्रयास गरेपछि रेफ्रीले ८८औं मिनेटमा बोउएलेम खोउकी सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि कतार ९ खेलाडीमा सीमित बनेको थियो ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij