Logo

२०८३, कार्तिक २४ गते सोमवार

२०८३, कार्तिक २४ गते सोमवार

पुजा गर्ने विषयमा विवादपछि झडप,घाइतेको हेलिकप्टरबाट उद्दार

पुजा गर्ने विषयमा विवादपछि झडप,घाइतेको हेलिकप्टरबाट उद्दार

  • 535
    SHARES
  • पुजा गर्ने विषयमा विवादपछि झडप,घाइतेको हेलिकप्टरबाट उद्दार

    जाजरकोट । डोल्पामा गुम्बामा पुजा गर्ने विषयमा दुई समुहबीच झडप हुँदा एक महिलासहित चार जना  घाइते भएका छन् । जिल्लाको छार्काताङसोङ गाउँपालिका अन्तर्गत वडा नं ४ कागकोटमा दुई समूहबीच झडप भएको हो । घाइतेमध्ये महिलाको अवस्था गम्भीर छ ।

    झडपपछि भागदौडका क्रममा गाउँकार्यपालिका सदस्य पेमाछुजुङ रोकाया लडेर घाइते भएको जिल्ला प्रहरी कार्यालय डोल्पामा प्रहरी नायव उपरिक्षक राजु पाण्डेले जानकारी दिए । 

    टाउकोमा चोट लागेर गम्भीर घाइते रोकायालाइ फिष्टेल यएरको हेलिकप्टरबाट जिल्ला अस्पतालमा ल्याएर प्रारम्भिक उपचार गरिएको थियो । टाउकोमा गम्भीर चोट भएकोले उनलाई काठमाण्डौ रिफर गरिएको जिल्ला अस्पतालले जनाएको छ ।

    घाइते अन्य तीनजनाको अवस्था सामान्य भएकाले अस्पतालमा उपचार भइरहेको छ । पाण्डेका अनुसार गुम्बाको पुजा एक समुहले पहिला गरेको भन्दै अर्को समुहले विवाद निकालेको थियो । विवादपछिको भागदौडमा रोकाया लडेर गम्भीर घाइते भएकी थिइन् ।

    घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij