Logo

२०८१, बैशाख ८ गते शनिवार

२०८१, बैशाख ८ गते शनिवार

करारमा नियुक्तिको माग गर्दै शिक्षकहरू धर्नामा

करारमा नियुक्तिको माग गर्दै शिक्षकहरू धर्नामा

  • 961
    SHARES
  • करारमा नियुक्तिको माग गर्दै शिक्षकहरू धर्नामा

    जनकपुरधाम । राजर्षि जनक विश्वविद्यालयका शिक्षक तीन सातादेखि आन्दाेलनमा छन् । करारमा नियुक्तिको माग गर्दै आन्दाेलन थालेका उनीहरूले संघर्षका कार्यक्रम झन कडा बनाउने चेतावनी दिएका छन् । २४ साउनबाट आन्दोलनमा रहेका शिक्षकले ८ भदौबाट पठन-पाठन बन्द गरेर विश्व विद्यालयको मूल गेटमा धर्ना दिँदै आएका छन् ।

    images

    विश्व विद्यालयको स्थापनाकालदेखि 'कोर्स कन्ट्रयाक्ट'मा काम गरेका ३५ शिक्षकले करामा नियुक्ति पाउनुपर्ने माग गर्दै आएका छन् । त्यतिखेर करारमा नियुक्तिकाे आश्वासन दिइए पनि नियुक्तिको प्रक्रिया सुरु नभएकाे विश्वविद्यालयको पेपर कोर्स कन्ट्रयाक शिक्षक संघका अध्यक्ष दिलीप यादवले बताए ।

    विश्वविद्यालयका भिसी डा.भारत झाले विश्वविद्यालयको नियमावलीमा करारमा शिक्षक नियुक्ति गर्ने व्यवस्था नरहेको बताए । 'विश्वविद्यालयमा पेपर कन्ट्रयाक्टमा अधिकाशं शिक्षक राख्ने चलन छ,' उनले भने, 'करारमा शिक्षक राख्दैनन्, नियमावलीमै नभएपछि कसरी करारमा नियुक्ति दिनु ?' 

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology