Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

खाली पेटमा किन पिउने मनतातो पानी र कागती ?

खाली पेटमा किन पिउने मनतातो पानी र कागती ?

  • 541
    SHARES
  • खाली पेटमा किन पिउने मनतातो पानी र कागती ?

    काठमाडौं । बिहान सबेरै उठेर व्यायाम र योेगासन गर्नुलाई स्वस्थ बानीको रुपमा आयुर्वेद र चिकित्साशास्त्रले उल्लेख गरेको छ । 

    व्यायामसँगै दिनको सुरुवात स्वस्थ खानाबाट गर्नुपर्छ । स्वस्थ खाना पनि स्वास्थ्यका लागि व्यायाम र योगजत्तिकै महत्वपूर्ण हो । शारीरिक व्यायाम गरेपछि स्वस्थ डाईटबाट दिनको सुरुवात गर्नुपर्छ । 

    बिहानै मनतातो पानीमा कागती मिसाएर खाँदा स्वास्थ्यलाई एकदमै फाइदा गर्छ । यसको निरन्तर सेवनले अनावश्यक तौल घट्छ । पेट सफा हुन्छ र शरीर फुर्तिलो बनाउँछ ।

    कागतीमा पाइने भिटामिन सी र पोटासियमले रोग प्रतिरोधी क्षमता बढाउँछ । खाली पेटमा मनतातो कागती पानी पिउनाले पोषकतत्वको अवशोषण राम्रोसँग हुन्छ । त्यसैले शरीरले दिनभरी पौष्टिक तत्वको अवशोषण गरेर स्वास्थ्यलाई फाइदा पुर्याउँछ । 

    तौल घटाउँछ 
    तौल घटाउने कुरा आउनेवित्तिकै कागतीको चर्चा अनिवार्य हुन्छ । बिहान उठ्ने बित्तिकै चिया वा कफिको सेवन गर्दा शरीरमा कोलेस्ट्रोलको मात्रा बढ्छ । यसको साथै मधुमेहको स्तरमा पनि प्रभाव पार्छ । मनतातो कागती पानीको सेवनले शरीरको भित्री सफाई हुन्छ र हानिकारक तत्व शरीरबाट बाहिर निस्कन्छ । जसकारण हामीले मोटोपनलाई नियन्त्रण गर्न सक्छौं ।  

    छाला सुन्दर बनाउँछ
    कागतीमा पाइने भिटामिन ‘सी’ले हाम्रो छालालाई पनि सुन्दर र चम्किलो बनाउँछ । यसले हाम्रो छाला स्वस्थ हुन्छ । दैनिक बिहान कागती पानी पिउनाले छालामा भएका दुषित कणहरु बाहिर निस्कन्छन् र छालामा चमक आउने गर्छ । 

    मुखको दुर्गन्ध हट्छ
    कागती प्राकृतिक माउथ फ्रेसर हो । दैनिक बिहान कागती पानी पिउनाले मुखको दुगन्र्ध बिस्तारै हट्दै जान्छ । 

    पेटको समस्या हट्छ
    मनतातो पानीमा केही थोपा कागतीको मिसाएर खाँदा पेटको लागि लाभदायक साबित हुन्छ । पेटसँग सम्बन्धित कुनै पनि समस्या भए कागती पानी पिउनाले निको भएर जान्छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij