Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीको निरन्तर दबाबपछि नगरपालिकाले गर्यो तलब दिने निर्णय

इसीडी शिक्षक र विद्यालय कर्मचारीको निरन्तर दबाबपछि नगरपालिकाले गर्यो तलब दिने निर्णय

  • 4.3K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीको निरन्तर दबाबपछि नगरपालिकाले गर्यो तलब दिने निर्णय

    काठमाडौं । प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी)सहित विद्यालय कर्मचारी र डडेल्धुरा स्थित परशुराम नगरपालिकाबीच सहमति भएको छ ।

    images

    संघीय सरकारले दिएको आठ हजार तलबमा नगरपालिकाले थप गरेर १५ हजार रूपैयाँ पुर्याउनु पर्नेलगायत विभिन्न माग राखी इसीडी शिक्षक र विद्यालय कर्मचारीले नगरपालिकाअन्तर्गत शिक्षा शाखासमक्ष आइबार धर्ना, जुलुस, विरोधसभा कार्यक्रम गरेका थिए ।

    उक्त कार्यक्रमपछि द्विपक्षीय सहमति भएको छ । नगरपालिकाले असोज १५ गतेभित्र शिक्षक र कर्मचारीको माग सम्बोधनका लागि बैठक बोलाइ निष्कर्ष निकाल्ने जनाएको छ ।

    सो समयसम्म आन्दोलनरत पक्षले आन्दोलनका सबै गतिविधि स्थगित गर्ने सहमति पनि भएको छ । संघीय सरकारले सामुदायिक विद्यालयमा कार्यरत कार्यालय सहयोगीलाई ४५,०० र ७,५००,लेखापाललाई ११,५०० र इसीडी शिक्षकलाई आठ हजार रुपैयाँ दिदै आएको छ ।

    स्थानीय सरकारले उक्त तलबमा थपेर १५ हजार पुर्याउनुपर्ने माग गर्दै देशभरका विद्यालय कर्मचारी शिक्षक आन्दोलनमा छन् । 

     

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology