Logo

२०८३, कार्तिक २२ गते शनिवार

२०८३, कार्तिक २२ गते शनिवार

बस्नेतको दाबी- ओली सरकारले एकैदिन दशौं पुल शिलान्यास गर्थ्याे, देउवा सरकारले केही गर्न सकेन

बस्नेतको दाबी- ओली सरकारले एकैदिन दशौं पुल शिलान्यास गर्थ्याे, देउवा सरकारले केही गर्न सकेन

  • 556
    SHARES
  • बस्नेतको दाबी- ओली सरकारले एकैदिन दशौं पुल शिलान्यास गर्थ्याे, देउवा सरकारले केही गर्न सकेन

    काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य महेश बस्नेतले शेरबहादुर देउवा नेतृत्वको वर्तमान सरकारले देश र जनताका पक्षमा परिणाममुखी काम गर्न नसकेको आरोप लगाएका छन् । सोमबार काठमाडौंस्थित राष्ट्रियसभा गृहमा आयोजित एमालेनिकट राष्ट्रिय युवा संघ नेपालको भेलामा बोल्दै बस्नेताले यस्तो बताएका हुन् ।

    देउवा नेतृतवको सरकारले एमाले फुटाउने दुर्नियतले नै दलसम्बन्धी अध्यादेश ल्याएको बस्नेतको भनाइ छ । ‘त्यो अध्यादेशले कांग्रेस र माधव नेपालको पार्टी फुट्ने खतरामा परेपछि सरकारले अब त्यो अध्यादेश निष्क्रिय गर्दै छ,’ बस्नेतले भने, ‘यो अल्पमतको सरकारले सुकुम्बासी जनताको विरुद्धमा गएर भूमिसम्बन्धी आयोग खारेज गर्यो ।’

    उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले गुरिल्ला शैलीले अहिलेको सरकार बनाउन कसरत गरे पनि यो सरकार धेरै दिन नटिक्ने जिकिर गरेका छन् ।

    ‘ओली नेतृत्वको सरकारले दैनिक पचासौं सडकमा कालोपत्रे सम्पन्न गर्थ्याे, एकैदिन सयौं पुलको शिलान्यास गर्थ्याे तर अहिलेको देउवा सरकारले २ महिना बित्दा मन्त्रिपरिषद् नै विस्तार गर्न सकेको छैन । जनताले यस्तो सरकारबाट केही आश गर्ने ठाउँ छैन,’ युवा संघका पूर्वअध्यक्षसमेत रहेका बस्नेतले भने, ‘पूर्वप्रधानमन्त्री ओलीले छिमेकी देश चीन र भारतसँग नेपालको सम्मानपूर्ण हैसियत बनाउनु भएको थियो । तर, यो सरकारले महाकालीमा जयसिंह धामी बेपत्ता भएको एक महिनाभन्दा बढी भइसक्दा पनि दोषीलाई कारबाही गर्न सकेको छैन । यो सरकार नालायक सरकार हो ।’  

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij