Logo

२०८१, बैशाख ६ गते बिहिवार

२०८१, बैशाख ६ गते बिहिवार

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 

यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 

  • 421
    SHARES
  • यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू 

    काठमाडौं । सरकारले अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र सञ्चालन गर्ने प्रयोजनका लागि ५ अर्ब ५४ करोड रुपैयाँ बराबरको सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस्तो निर्णय गरेको सरकारका प्रवक्ता एवं कानून, न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।प्रवक्ता कार्कीकाअनुसार सरकारले राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गरेको छ ।

    images

    निर्णय

    -राष्ट्रिय जनगणना २०७८ को संशोधित कार्यतालिका स्वीकृत गर्ने

    -अन्तर्राष्ट्रिय विकास संस्थाबाट विद्यालय क्षेत्र विकास कार्यक्रम सञ्चालन गर्न सहूलीयत पूर्ण ऋण सहायत स्वरुप प्राप्त ५ अर्ब ५४ करोड रुपैयाँ स्वीकार गर्ने

    -अन्तर्राष्ट्रिय विकास सहायता मार्फत् नेपाल स्वास्थ्य क्षेत्र व्यवस्थापन सुधारका लागि प्राप्त ५० मिलीयन अमेरीकी डलर सहायता स्वीकार गर्ने

    -दार्चुला जिल्लाको व्यास गाउँपालिका १ छाङरुङमा स्थापना भएका नेपाल प्रहरी चौकी र सशस्त्र प्रहरी चौकीहरुको भवन निर्माण प्रयोजनका लागि सल्ला प्रजातिका काठहरु उपयोगमा ल्याउन स्वीकृत प्रदान गर्ने

    -विपी कोइराला राष्ट्रिय पुरस्कार स्थापना गर्ने

    -आर्थिक वर्ष २०७८/०७९ का लागि स्थायी र अस्थायी दरबन्दी सिर्जना गर्ने

    -निजामती कर्मचारी सेवा नियमावली व्यवस्था बमोजिम निजामती सेवा दिवसका अवसरमा ४० जनालाई पुरस्कार प्रदान गरिने
     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology