वेबटिभी खबर
काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक बोलाएको छ । बुधबार बस्ने संसद् अधिवेशनलाई मध्यनजर गर्दै एमालेले दलको बैठक बोलाएको हो । एमालेले बुधबार बिहान ९ बजे बस्नेगरी दलको बैठक बोलाएको हो ।
दलका मुख्य सचेतक विशाल भट्टराईले बुधबार बिहान दलको बैठक बसेर संसदमा पार्टीका तर्फबाट उठाउने एजेण्डाका बारेमा छलफल हुने जानकारी दिए । शनिबार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्का दुवै सदनको बैठक बुधबार अपरान्ह चार बजेका लागि आह्वान गरेकी छिन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij