Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

मोहम्मद हसन अखुन्दकाे नेतृत्वमा तालिबानकाे नयाँ सरकार

मोहम्मद हसन अखुन्दकाे नेतृत्वमा तालिबानकाे नयाँ सरकार

  • 484
    SHARES
  • मोहम्मद हसन अखुन्दकाे नेतृत्वमा तालिबानकाे नयाँ सरकार

    काबुल । अफगानिस्तानमा तालिबानहरुले नयाँ सरकार घोषणा गरेका छन् । काबुल कब्जा गरेको तीन सातापछि तालिबानले सरकार घोषणा गरेको हो । घोषणा अनुसार मुल्लाह मोहम्मद हसन अखुन्द अफगानिस्तानका नयाँ प्रधानमन्त्री, उपप्रधानमन्त्री अब्दुल गनी बरादर हुने तालिबान प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन् ।

    बरादर तालिबान समूहका सहसंस्थापक समेत हुन् । 

    समूहका अनुसार नयाँ मन्त्रिपरिषदमा सिराजुद्दिन हक्कानी निमित्त गृहमन्त्री हुनेछन् । उनी हक्कानी सञ्जालका प्रमुख समेत हुन् । अमेरिकाले उनको टाउकोको मूल्य ५० लाख डलर तोकेको थियो । सिराजुद्दिन र उनका बाबुले सन् २००८ मा काबुलस्थित भारतीय दूतावासमा पनि आक्रमण गरेका थिए। सो हमलामा ५८ जना मारिएका थिए।

    त्यस्तै, कार्यबहाक रक्षामन्त्री मुल्लाह याकुब र कार्यबहाक विदेशमन्त्री आमिर खान हुनेछन् ।  

    तालिबानले गत शुक्रबार नै नयाँ सरकार गठन गर्ने बताए पनि आन्तरिक विवादका कारण सरकार गठनमा ढिलाइ भएको हो । 

    केही दिनयता तालिबानले जुनसुकै बेला सरकार गठनको घोषणा गर्न सकिने बताउँदै आएका थिए । अन्तर्राष्ट्रिय समर्थन खोज्नु र बढ्दो मानवीय संकटलाई सम्बोधन गर्नु तालिबान सरकारको मुख्य मुख्य काम हुनेछ । 

    अफगानिस्तानमा विश्वविद्यालयका कक्षाभित्र पर्दा  अफगानिस्तानमा विश्वविद्यालयका कक्षाभित्र पर्दा  अफगानिस्तानमा गम्भीर ‘मानवीय संकट’: युएन  अफगानिस्तानमा गम्भीर ‘मानवीय संकट’: युएन  अफगानिस्तानमा अझै बाँकी छन् अमेरिकी नागरिक  अफगानिस्तानमा अझै बाँकी छन् अमेरिकी नागरिक 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij