Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

प्रतिनिधिसभाको बैठकमा पत्रकारलाई जान नदिइने 

प्रतिनिधिसभाको बैठकमा पत्रकारलाई जान नदिइने 

  • 410
    SHARES
  • प्रतिनिधिसभाको बैठकमा पत्रकारलाई जान नदिइने 

    काठमाडौं । प्रतिनिधिसभाको बैठकको रिपोर्टिङका लागि पत्रकार उपस्थित नहुन संसद् सचिवालयले आग्रह गरेको छ ।

    कोभिड संक्रमणको जोखिमलाई मध्यनजर गर्दै पत्रकारलाई प्रत्यक्ष उपस्थित नभइदिन आग्रह गरिएको सचिवालयका प्रवक्ता डा.रोजनाथ पाण्डेले जानकारी दिए । 

    प्रतिनिधिसभा बैठकको रिपोर्टिङ गर्न पुगेका पत्रकारहरूलाई संसद्को मिडिया सेन्टर प्रवेशमा रोकिने पाण्डेको भनाइ छ । संसद् सचिवालयले संसद बैठकको प्रत्यक्ष प्रशारण गर्ने भएकाले त्यसैमार्फत रिपोर्टिङ गर्न सकिने उनले बताए ।

    पत्रकार कक्षमा लाइभ स्ट्रिमिङ गर्नका लागि प्राविधिकहरूलाई मात्र प्रवेश दिने उनको भनाइ छ । बुधबार अपराह्न ४ बजे संसद्को दुवै सदनको बैठक बस्दैछ ।

  • सम्बन्धित विषय:

  • # पत्रकार

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij