Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

सैन्य अभ्यासका क्रममा रुसका आपतकालीन मन्त्रीको मृत्यु

सैन्य अभ्यासका क्रममा रुसका आपतकालीन मन्त्रीको मृत्यु

  • 544
    SHARES
  • सैन्य अभ्यासका क्रममा रुसका आपतकालीन मन्त्रीको मृत्यु

    मस्को । रुसका आपतकालीन मन्त्री योवगेनी जिनिचेभको सैन्य प्रशिक्षणको क्रममा दुर्घटना हुँदा मृत्यु भएको आरआईए समाचार एजेन्सीले बुधबार मन्त्रालयलाई उद्धृत गर्दै जनाएको छ । सैन्य अभ्यासको निरीक्षणका क्रममा त्यहाँ पुगेका उनी नजिकै तालिमकाे भिडियाे खिचिरहेका क्यामेराम्यान पानीमा चिप्लेर लडेपछि उनलाई बचाउने प्रयास गर्दा मन्त्री आफैं डुबेका थिए ।

    घटनास्थलमा अन्य मानिसहरु उपस्थित रहे पनि मन्त्रीको समयमै उद्धार गर्न सकेनन् । ५५ वर्षीय जिनिचेभ तालिमको निगरानी गर्न र नोरिल्स्कमा बनाउँदै गरेको नयाँ फायर स्टेशनको निर्माण स्थलको अवलोकन गर्न पुगेको मन्त्रालयले जारी वक्तव्यमा उल्लेख छ ।

    उनले आपतकालीन स्थितिमा सन् २०१८ देखि मन्त्रालयको जिम्मेवारी सम्हालेका थिए । त्यसभन्दा अगाडि साइबेरियाको सपिङ सेन्टरमा आगलागी हुँदा ६० जनाको मृत्यु भएपछि तत्कालीन मन्त्रीले पदबाट राजीनामा दिए र जिनिचेभ मन्त्री बनेका थिए । 

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij