Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

एमाले सांसद्माथि किन उठाए सभामुखले आचरणको प्रश्न ?  

एमाले सांसद्माथि किन उठाए सभामुखले आचरणको प्रश्न ?  

  • 653
    SHARES
  • एमाले सांसद्माथि किन उठाए सभामुखले आचरणको प्रश्न ?  

    काठमाडौं । नेकपा एमालेका सांसदहरुले प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै बैठक अवरोध गरेपछि सभामुख अग्नी सापकोटाले प्रतिनिधिभसा नियमावलीको विषय पटक-पटक उठाए । सभामुखको भूमिकामाथि प्रश्न उठाउँदै एमाले सांसद्ले नारावाजी गर्न थालेपछि सभामुख सापकोटाले नियमावलीको नियम २१ को खण्ड ख र घ अकर्षित गरेको बताए ।

    सभामुखले आकर्षित गर्न खोजेको नियमावलीको सो प्रावधानको खण्ड खमा सभामुखले पदअनुकूल आचरण गरेको छैन भन्ने प्रस्तावको छलफलको क्रममा बाहेक सभामुखको आचरणको आलोचना गर्न नहुने उल्लेख छ । त्यस्तै खण्ड घ मा संविधानको धारा १०५ ले बहसमा बन्देज गरेका विषयमा छलफल गर्न नहुने, असिष्ट, अश्लिल, अपमानजनक शब्द वा सार्वजनिक नैतिकता प्रतिकूल बाेल्न नहुने उल्लेख छ ।

    यसअन्तर्गत अदालतमा बिचाराधीन विषय पनि पर्छ । सभामुखको जिकिरअनुसार एमालेका सांसदले आफ्नो आचरणमा प्रश्न उठाए भने अदालतमा बिचाराधीन विषयमा बोले । १४ जना सांसदलाई कारबाही गरेको विषयलाई सभामुखले सदर नगरेको भन्दै एमालेले अदालतमा रिट दायर गरेकाले संसद्मा यो विषय बोल्न पाइदैन भन्ने सभामुखको जिकिर थियो ।

    तर,उनले यो क्रममा नियमावलीको नियम २१ को खमा भएको सभामुखको आचरणको विषय भने किन उठाए भन्ने विषयमा प्रश्न खडा भएको छ । एमालेका सांसदलहरुले सभामुखले निर्णय नगरेको विषयमा आलोचना गर्दै नारावाजी गरेपनि सभामुखले भने यसलाई आफ्नो आचरणविपरितको कामका रुपमा व्याख्या गरेका छन् ।

    सभामुखले सांसदलाई कारबाही नगरेको विषयलाई आफ्नो आचरणसँग जोडेर थप विवादमा पर्ने काम गरेको र यसले उनी आचरणहीन हुँदै गएको पुष्टि हुने एमाले प्रमुख सचेतक विशाल भट्टराई बताउँछन् । सभामुखको सचिवालयले भने अग्रिम तयारी गरेको यो विषय के आधारमा सदनमा प्रस्तुत गरे भन्ने विषयमा खुलाइसकेको छैन ।    

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij