काठमाडौं । गएराति इटलियन सिरी ए अन्तर्गत क्याग्लीअरीबिरुद्धको खेलमा ह्याट्रिक पूरा गरी आफ्नो आधिकारिक खेलको गोल कीर्तिमान तोडेका युभेन्टसका पोर्चुगिज फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई ब्राजिलका महान खेलाडी पेलेले शुभकामना दिएका छन् ।
रोनाल्डोले ३२ मिनेटको अन्तरमा ह्याट्रिक पूरा गरी आफ्नो करिअर गोल संख्या ७ सय ७० पु¥याएका हुन् । जुन पेलेभन्दा ३ गोल बढी हो ।
‘जीवन भनेको एकल यात्रा हो । हरेक जीवले आफ्नै बाटो तय गर्ने हो । तिमी एउटा आफ्नै सुन्दर यात्रामा छौं । म तिम्रो धेरै प्रशंसा गर्छु , म तिमीले खेलेको हेरिरहन मन पराउँछु भनेर त भनिराख्नु परेन । आधिकारिक खेलको मेरो गोल कीर्तिमान तोडेकामा तिमीलाई शुभकामना,’ पेलेले इन्स्टाग्राममा लेखेका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij