Logo

२०८३, कार्तिक २५ गते मंगलवार

२०८३, कार्तिक २५ गते मंगलवार

नवनियुक्त प्रधानसेनापति शर्माले लिए राष्ट्रपतिबाट दर्ज्यानी चिह्न र शपथ

नवनियुक्त प्रधानसेनापति शर्माले लिए राष्ट्रपतिबाट दर्ज्यानी चिह्न र शपथ

  • 552
    SHARES
  • नवनियुक्त प्रधानसेनापति शर्माले लिए राष्ट्रपतिबाट दर्ज्यानी चिह्न र शपथ

    काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानसेनापति प्रभुराम शर्मालाई महारथीको दर्ज्यानी चिह्न प्रदान गरेकी छिन् । राष्ट्रपति भवन शीतल निवासमा बिहीबार आयोजित विशेष समारोहमा नेपाली सेनाका परमाधिपति राष्ट्रपतिसमक्ष नवनियुक्त प्रधानसेनापति शर्माले पद तथा गोपनीयताको शपथसमेत लिएका छन् । 

    मुलुकको प्रमुख सुरक्षा अंग नेपाली सेनाको ४४ औं प्रधानसेनापतिका रूपमा शर्माले तीनवर्षे कार्यकालका लागि बिहीबारदेखि औपचारिकरूपमा सैनिक नेतृत्वको जिम्मेवारी सम्हाल्ने छन् ।

    समारोहमा प्रधानमन्त्री एवम् रक्षामन्त्री शेरबहादुर देउवा, प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना उपस्थित थिए । राष्ट्रपति भण्डारीले सरकारको सिफारिशमा शर्मालाई ११ भदौदेखि लागू हुने गरी प्रधानसेनापतिमा नियुक्त गरेकी हुन् । नवनियुक्त प्रधानसेनापति शर्माले जङ्गी अड्डामा निशान भगवतीको पूजार्चना गर्ने कार्यक्रम छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij