वेबटिभी खबर
काठमाडौं । नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशनका लागि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार आफ्नो उम्मेदवारी घोषणा गरेका छन् । कांग्रेस संस्थापक बीपी कोइरालाको जन्म जयन्तीको अवसर पारेर शर्माले बिहीबार दिउँसो १ बजे काठमाडौंको सुन्दरीजलबाट महामन्त्रीमा उम्मेदवारी घोषणा गरेका हुन् ।
‘कांग्रेसका संस्थापक बीपी, गणेशमानलाई जहानियाँ राणा शासनले लामो समय जेलमा राखेको माटोलाई छोएर उम्मेदवारी घोषणा गर्दैछु,’ शर्माले भने बिपी कोइरालाको १०८औं जन्मजयन्तीको अवसरमा बिहीबार बिपी संग्रहालयले आयोजना गरेको कार्यक्रममार्फत शर्माले महामन्त्रीमा उम्मेदवारी घोषणा गर्दै युवा नेताको नेतृत्वमा कांग्रेसलाई देशकै सबैभन्दा ठूलो पार्टी बनाउने उद्घोष गरे ।
आगामी ९ देखि १३ मंसिरमा कांग्रेसको १४औं महाधिवेशन गर्दैछ । कांग्रेस युवा नेता गगन थापाले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरिसकेका छन् । त्यस्तै, अर्का युवा नेता प्रदीप पौडेलले पनि महामन्त्रीमा उम्मेदवारी दिने बताएका छन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij