Logo

२०८३, कार्तिक २९ गते शनिवार

२०८३, कार्तिक २९ गते शनिवार

हुम्लामा प्रतिघण्टा १३ हजार रूपैयाँ तिरेर सडक मर्मत

हुम्लामा प्रतिघण्टा १३ हजार रूपैयाँ तिरेर सडक मर्मत

  • 656
    SHARES
  • हुम्लामा प्रतिघण्टा १३ हजार रूपैयाँ तिरेर सडक मर्मत

    हुम्ला । सिमकोट गाउँपालिकाले अविरल वर्षाले अवरुद्ध सडक खुलाउन प्रयास जारी राखेको छ । यसका लागि गाउँपालिकाले निजी एक्साभेटरलाई  प्रतिघण्टा १३ हजार रूपैयाँ खर्च गरिरहेको छ ।

    गाउँपालिकाका वडा नं १ दोजाम, २ ठेहे र ३ बरगाउँको बाटो भत्केको आठ महिना बितिसकेको छ ।  समयमा मरमत नगरिँदा सडक अवरुद्ध बनेको हो । अहिले स्थानीयवासीलगायत आवतजावतमा निकै समस्या भएको छ ।

    भत्किएको सडक गाउँपालिका आफैंले मर्मत गरिरहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत उजिर रोकायाले जानकारी दिए । यतिखेर सिमकोट वडा ४ बुराउँसेबाट वडा नं ३ लाङदु बरगाउँ हुँदै वडा नं २ ठेहेसम्मको सडक मर्मत गाउँपालिकाले गरिरहेको वडा नं ३ का वडाध्यक्ष ताक्ला जिक्मेत लामाले बताए । आन्तरिक  पर्यटकका लागि रलिङ गुम्बा अति उत्तम स्थान मानिन्छ ।  

    सो स्थानमा जाने मुख्य बाटो भत्कँदा पर्यटकलाई आवतजावतमा निकै सास्ती भएको छ । सिमकोट –१ दोजामसम्म सडक निर्माण गरिसकेपछि मात्र एक्साभेटर फिर्ता भएर पर्यटकीय मार्ग रलिङ गुम्बा जाने सडक निमार्ण गरिने जनाइएको छ ।

     

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij