Logo

२०८१, बैशाख ४ गते मंगलवार

२०८१, बैशाख ४ गते मंगलवार

तिज गीत: पोहोर साल 'सोचेझैँ जिन्दगी रैनछ', यसपालि 'चरी जेलैमा'

तिज गीत: पोहोर साल 'सोचेझैँ जिन्दगी रैनछ', यसपालि 'चरी जेलैमा'

  • 659
    SHARES
  • तिज गीत: पोहोर साल 'सोचेझैँ जिन्दगी रैनछ', यसपालि 'चरी जेलैमा'

    काठमाडौं । गत वर्ष ‘सोचेझैँ जिन्दगी रैनछ’ बाेलकाे गीत  निकै चर्चित  थियाे । मधु क्षेत्रीले गाएकाे साे गीतले बजार मात्र  पिटेन काेराेना महामारीका कारण घरमै थुनिएर बस्नुपर्ने बाध्यताकाे पीडा पनि बाेलेकाे  थियाे । साेही कारण गीतले निकै चर्चा बटुल्याे । गायिका मधु यही गीतबाट रातारात  हिट बनिन् ।

    images

    गीतमा खेम सेन्चुरी र मधु क्षेत्रीको स्वर तथा नेत्र अर्यालको शब्द सृजना छ । संगीत भने गायक खेम सेन्चुरीकै छ । गीत युट्यबुमा एक करोड ७६ लाखभन्दा बढी पटक हेरिएको छ । यसपालिको तिजमा भने चरी जेलैमाले दर्शकको मन जितेकाे छ ।

    हिन्दु नारीहरूले बिहीबार हरितालिका तिज पर्व धूमधामका साथ मनाइरहेका छन् । निराहार व्रत बसेर शिवालयमा पूजाअर्चनासहित उनीहरू व्रत बसिरहेका छन् । खाली पेटमा रहेका उनीहरू विभिन्न गीत संगीतमा नाचगान पनि गरिरहेका छन् । तर, अधिकांश स्थानमा भने गायिका विष्णु माझीको स्वर रहेको ‘चरी जेलैमा’ गीत बज्ने गरेकाे छ ।

    तिज गीतको रूपमा तीन साताअघि सार्वजनिक ‘चरी जेलैमा’ अहिले हरेकको जनजिब्रोमा झुन्डिएको छ । बिहीबार तिजका अवसरमा यही गीत बढी प्रयोगमा आएको छ । नारीको वेदनामाथि तयार पारिएका कारण पनि चरी जेलैमाले दर्शक र स्रोताको मन जितेकाे छ ।

    सो गीत युट्युबमा एक करोड ७८ लाखभन्दा बढी पटक हेरिएको छ । विष्णु माझीको स्वर रहेको उक्तमा सुन्दरमणि अधिकारीको शब्द सृजना र संगीत रहेको छ । सुन्दरमणि र विष्णु माझी श्रीमान् श्रीमती हुन् । 

  • सम्बन्धित विषय:

  • # तिज

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology