Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

पेलेको रेकर्ड तोड्दै मेस्सी बने सर्वाधिक गोलकर्ता 

पेलेको रेकर्ड तोड्दै मेस्सी बने सर्वाधिक गोलकर्ता 

  • भाद्र २५, २०७८ शुक्रवार ०९:०८ बजे
  • 628
    SHARES
  • पेलेको रेकर्ड तोड्दै मेस्सी बने सर्वाधिक गोलकर्ता 

    एजेन्सी– अर्जेन्टिनी कप्तान लियोनेल मेस्सीले विश्व फुटबलका महान् लिजेन्ड पेलेको कीर्तिमान तोडेका छन् । दक्षिण अमेरिकी विश्वकप छनोटमा बोलिभियाविरुद्धको खेलमा ह्याट्रिक पुरा गर्दै मेस्सीले दक्षिण अमेरिकामा पेलेको नाममा रहेको सर्वाधिक गोलकर्ताको कीर्तिमान तोड्दै आफ्नो नाममा लेखाएका हुन् ।

    यसअघि दक्षिण अमेरिकामा ८० वर्षीय पेलेको नाममा ९२ खेलमा ७७ गोलको कीर्तिमान रहेको थियो । मेस्सीले १५३ खेलमा ७९ गोल गोल गर्दै पेलेको कीर्तिमान तोडेका हुन् । ८९औं मिनेटमा गोल गर्दै ह्याट्रिक पुरा गरेपछि राष्ट्रिय टोलीबाट ७९ गोल गर्दै जाम्वियाका गुडफ्रे चितालुको ७९ गोललाई बराबरी गर्न सफल भए ।

    ३६ वर्षीय रोनाल्डोले गत साता उत्तरी आयरल्यान्डविरुद्धको खेलमा दुई गोल गर्दै इरानका अली दाईले राखेको १०९ गोलको कीर्तिमान तोडेका थिए ।

  • सम्बन्धित विषय:

  • # लिओनेल मेस्सी
  • # पेले

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij