वेबटिभी खबर
काठमाडौं । शुक्रबार प्रतिनिधिसभाको बैठक बसेको छ । बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अवरोध गरेको छ । बुधबारबाट सुरु भएको संसद् अधिवेशन अधिवेशनको पहिलो बैठकमा बुधबार पनि एमाले सांसद्ले प्रतिनिधिसभा बैठकमा अवरोध गरेका थिए ।
एमाले सांसद्को अवरोधका कारण सभामुख अग्नि सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । एमालेको अवरोधबीच सत्तारुढ दलले दलसम्बन्धी अध्यादेश पेश गरेका थिए । आजको बैठकमा पनि एमाले सांसद्ले बैठकमा अवरोध गरेका छन् ।
एमालेले कारबाही गरेका माधव नेपालसहित १४ जना सांसद्लाई सभामुखले पदमुक्त नगरेको विरोधमा एमालेले बैठक चल्न नदिएको हो । बुधबार बिहान बसेको एमाले संसदीय दलको बैठकको निर्णयअनुसार एमाले सांसद्ले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेका हुन् ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij