Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

फूर्तिला अर्थमन्त्री

फूर्तिला अर्थमन्त्री

  • 673
    SHARES
  • फूर्तिला अर्थमन्त्री

    काठमाडौं । लडाकु पृष्ठभूमिबाट राजनीतिमा प्रभाव जमाएका अर्थमन्त्री जनार्दन शर्मा शारीरिक रूपमा फूर्तिला नै छन् । उनले शुक्रबार संसद्मा फूर्तिलोपनको प्रस्तुति पनि देखाए ।

    images

    प्रमुख प्रतिपक्षी नेकपा एमाले सांसद्हरूले संसद्मा नाराबाजी गरेर अवरोध गरिरहेका बेला अर्थमन्त्री शर्मा भने फटाफट कुदेर रोस्टममा पुगे । छरितो शरीर भएका शर्माले यसैको फाइदा उठाउँदै प्रतिपक्षको अवरोध छिचोल्दै कुदेर रोष्टममा पुगे ।

    सदनमा प्रतिपक्षको जारी विरोधकै बीच उनले प्रतिस्थापन विधेयक निकै छिटो वाचन गरे । सामान्यभन्दा निकै हतारमा पढेर उनले संसद्मा आफ्नो फूर्तिलोपनको परिचय दिए ।

    अर्थमन्त्री रोस्टममा जाने क्रममा एमालेकी सांसद् रेखा झाले सदनको टेबलमा रहेको माइक निकालेर शर्मातिर हान्ने प्रयास गरेकी थिइन् ।

    आफूहरूको अवरोध र नाराबाजीबीच सभामुखले कार्यसूची अघि बढाएर अर्थमन्त्रीलाई बजेट विधेयक पेश गर्न रोस्टममा बोलएपछि माइक निकालेको झाको प्रतिक्रिया छ । 

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology