Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

नेकपा एसको हरिवन नगर अध्यक्षमा वाग्ले 

नेकपा एसको हरिवन नगर अध्यक्षमा वाग्ले 

  • 664
    SHARES
  • नेकपा एसको हरिवन नगर अध्यक्षमा वाग्ले 

    सर्लाही । नेकपा एकिकृत समाजवादी (नेकपा एस) ले सर्लाहीको हरिवन नगर कमिटी चयन गरेको छ ।

    प्रदेश २ का सांसद डिल्लीप्रसाद उप्रेतीको हरिवन नगरपालिका ९ स्थित निवासमा शुक्रबार भएको भेलाले चूडामणि वाग्लेलाई नगर अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

    भेलाले उपाध्यक्षमा कर्णबहादुर लुंगेली, सचिवमा किशोर मिक्चन र सहसचिवमा सजनी स्यांगतानालाई सर्वसम्मत चयन गरेको छ । 
    नगर कमिटीमा हाल पदाधिकारी चयन भएको र पूर्ण कमिटी छिटै गठन हुने पार्टीले जनाएको छ । 

    यसैबीच पार्टीले आइतबार जिल्ला नेतृत्व चयन गर्ने भएको छ । जिल्लाको नेतृत्व चयनका लागि सबैजसो पालिकाको नेतृत्व चयन गर्ने काम भइरहेको छ । 

    nekapa us harion.jpg

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology