Logo

२०८१, बैशाख ७ गते शुक्रवार

२०८१, बैशाख ७ गते शुक्रवार

अब शिक्षकले तलब पाउने, यस्तो भयो सहमति

अब शिक्षकले तलब पाउने, यस्तो भयो सहमति

  • 788
    SHARES
  • अब शिक्षकले तलब पाउने, यस्तो भयो सहमति

    बैतडी । जिल्ला समन्वय समिति बैतडीमा गत आइतबारदेखी आमरण अनशन बसेको शिक्षक करन रानाको परिवारले शुक्रबार अनशन तोडेको छ । १४ महिनाको तलब नपाएपछि अनशन बसेका निम्न माद्यमिक तह राहत कोटाका शिक्षक रानाले माग पुरा गर्ने आश्वासन पाएपछि अनशन तोडेका हुन् । उनी श्रीमती र चार छोराछोरीसहित अनशन बसेका थिए ।

    images

    दशरथचन्द नगरपालिका वडा नम्बर-४ स्थित ईश्वर आधारभूत विद्यालयमा काजमा कार्यरत रानाले जिल्ला शिक्षा समितिले तलब उपलब्ध गराउने भनेपछि अनशन तोडेको बताएका छन् । शिक्षक रानाले भने, 'आज जिल्ला शिक्षा समितिका अध्यक्ष, प्रमुख जिल्ला अधिकारी, शिक्षा विकास तथा समन्वय इकाई प्रमुख, दशरथचन्द नगरपालिकाका शिक्षा शाखा प्रमुखलगायत सरोकारवालाहरू आउनुभयो । माग सम्बोधन गर्छौ, भन्नुभयो र मैले अनशन तोडेको छु । माग पुरा नभए फेरि  अनशन बस्ने छु ।' रानाले अहिले काजमा काम गरिरहेकै विद्यालयमा पदस्थापन गरिदिनसमेत माग गरेका छन् ।

    Ansan Photo  (2) (1).jpg

    राना २०७२ सालमा आफ्नो गाउँ शिवनाथ-६ कानलिबाट विस्थापीत भएका हुन् ।  एक युवतिको अन्तरजातीय विवाह गराएको झुटो आरोप लागेपछि राना परिवार गाउँबाट विस्थापित भएको थियो । गाउँ छोडेको केही दिनमै उनको घरसमेत जलाइएको थियो । उनीले सो समयमा जागीरबाट समेत निकालिएका थिए ।

    शिवनाथस्थित हिरापूर माविमा कार्यरत शिक्षक राना गाउँबाट विस्थापित भएपछि जिल्ला सदरमुकाम नजिकै रहेको ईश्वर आधारभूत विद्यालयमा पदस्थापन गरिएको थियो । त्यहाँ काजमा काम गरिरहेका रानाले १४ महिनासम्मको तलब पाउन सकेका छैनन् ।  

  • सम्बन्धित विषय:

  • # शिक्षक

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology