Logo

२०७८, कार्तिक ६ गते शनिवार

२०७८, कार्तिक ६ गते शनिवार

इसीडी शिक्षक र विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र 

इसीडी शिक्षक र विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र 

  • 2.2K
    SHARES
  • इसीडी शिक्षक र विद्यालय कर्मचारीले बुझाए ज्ञापनपत्र 

    काठमाडौं । तलब थपको माग गर्दै प्रारम्भिक बालविकास सहजकर्ता (इसीडी) र विद्यालय कर्मचारीले नगरपालिकासमक्ष ज्ञापनपत्र बुझाएका छन् । शुक्रबार उनीहरूले नगरपालिकाको खेलकुद तथा शिक्षा शाखामा ज्ञापनपत्र बुझाएका हुन् । 

    नेपाल विद्यालय कर्मचारी परिषद् बझाङको बुङ्गल नगर समिति र बाल शिक्षकहरूले बुङ्गल नगरपालिकाको खेलकुद तथा शिक्षा शाखामा अल्टिमेटमसहित ज्ञापनपत्र पेश गरेको परिषद्का सचिव कमलबहादुर धामीले जानकारी दिए । यथाशीघ्र माग सम्बोधन नगरिए चरणबद्ध आन्दोलनको घोषणा गर्ने धामीको भनाइ छ । 

    इसीडी शिक्षक र विद्यालय कर्मचारीले संघीय सरकारले दिएको तलबमा स्थानीय सरकारले थप गरेर पुरा तलब दिनुपर्ने माग गर्दै आएका छन् । 

    हेर्नुहोस् ज्ञापनपत्र 

    ecd1.jpg

     

    सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology