Logo

२०८३, कार्तिक २३ गते आइतवार

२०८३, कार्तिक २३ गते आइतवार

विप्लव नेतृत्वको नेकपा एमसिसीविरुद्ध आन्दोलनमा जाने 

विप्लव नेतृत्वको नेकपा एमसिसीविरुद्ध आन्दोलनमा जाने 

  • 551
    SHARES
  • विप्लव नेतृत्वको नेकपा एमसिसीविरुद्ध आन्दोलनमा जाने 

    काठमाडौं । विप्लव नेतृत्वको नेकपाले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी) विरुद्ध आन्दोलन गर्ने भएको छ ।

    पार्टीले शनिबार काठमाडौंमा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता खड्गबहादुर विश्वकर्माले एमसिसी सम्झौता अघि नबढाउन ध्यानाकर्षण गराउने उदेश्यले पहिलो चरणको आन्दोलन घोषणा गरिएको जानकारी दिए ।

    उनले आगामी भाद्र २८ गते काठमाडौंमा बृहत प्रदर्शन गर्ने उल्लेख गर्दै एकहप्ते आन्दोलनका कार्यक्रमपछि पनि एमसीसी अघि बढाए कडा आन्दोलन गर्ने चेतावनी दिए । 

    एमसीसी अघि बढाउने मुर्खता नगर्न प्रधानमन्त्री शेरबहादुर देउवालाई उनले आग्रह गरे । एमसिसीलाई गठबन्धन सरकारले सदनमा लगे इतिहासकै ठूलो अपराध हुने बताए ।

    उनले विदेशी शक्तिसँगको सम्झौतामा गठबन्धन सरकार बनेको आरोप लगाउँदै राजनीतिक दलका नेताहरूका कारण देश संकटको  भुमरीमा फसेकाले आफुहरु बाहिर आउनुपरेको स्पष्ट पारे ।

    अर्को प्रसंगमा उनले संसदीय प्रणालीका बारेमा जनमत संग्रह गर्नुपर्ने र जनताबाट आउने जस्तोसुकै फैसलालाई स्वीकार गर्न आफुहरु तयार रहेको बताए । त्यसैगरी उनले सरकारसँग भएको तीन बुँदे सम्झौताको पूर्ण पालना हुनुपर्ने भन्दै सहमति कार्यान्वयन नभए जनतामाझ जाने चेतावनी दिए । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij