काठमाडौं– सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ। बैठक आइतबार विहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्न लागेको हो । बैठकमा मन्त्रिपरिषद विस्तार गर्ने सन्दर्भमा छलफल हुनेछ।
जसपा अध्यक्ष उपेन्द्र यादवले संसदमा एमालेको अवरोध र मन्त्रिपरिषद विस्तारमा देखिएको समस्याबारे छलफल हुने बताए।
नेकपा समाजवादी र जसपाले अध्यादेश किनारा नलागी मन्त्रिपरिषद विस्तार गर्न नहुनेमा जोड दिएपछि प्रधानमन्त्री देउवा सकसमा परेका छन् ।
सरकार बनेको दुई महिना पुग्न एक दिन बाँकी हुँदा पनि मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । प्रधानमन्त्री देउवाले चार मन्त्री र एक राज्यमन्त्रीका भारमा सरकार सञ्चालन गरिरहेको अवस्था छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij