Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

इजरायल जान ७ हजार ३ जनाले दिएको निवेदन स्विकृत 

इजरायल जान ७ हजार ३ जनाले दिएको निवेदन स्विकृत 

  • भाद्र २७, २०७८ आइतवार १०:४३ बजे
  • 961
    SHARES
  • इजरायल जान ७ हजार ३ जनाले दिएको निवेदन स्विकृत 

    काठमाडौं– केयरगिभरका रुपमा इजरायल जान आवदेन दिएका २ हजार ६ सय ९६ जनाको आवदेन अस्वीकृत भएको छ। साउन १२ गतेदेखि ३२ गतेसम्म खुला गरिएको अनलाइन आवेदनमा ९ हजार ६ सय ९९ जनाले आफ्नो नाम दर्ता गराएका र ती मध्ये २ हजार ६ सय ९६ जनाको आवेदन अस्विकृत भएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

    तिनमा मापदण्ड तथा योग्यता नपुगेका २ हजार ६ सय ९६ आवेदन रद्द भएका हुन्। विभागका महानिर्देशक दीपक काफ्लेका अुनसार केयरगिभरमा जानका लागि दिनुपर्ने भाषा परीक्षा भदौ २८ गते सोमबार हुने भएको छ। उनका अनुसार भाषा परीक्षाको लागि ७ हजार ३ जना योग्य ठहरिएका छन्।

    इजरायलले एक हजार केगरगिभरको लानको लागि नेपाल सरकारसँग सम्झौता गरेको थियो । पहिलो चरणमा ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष जान पाउने छन। 

    इजरायलमा नेपाली कामदारको तलब करिब एक लाख ८८ हजार हुनेछ। इजरायली सरकारी नियमअनुसार ओभरटाइमको सुविधा पनि भएको विभागले जनाएको छ। कामदारले सातामा एक दिन बिदा पाउनेछन् भने आवासको व्यवस्था रोजगारदाताले नै गर्नेछन्।

    पहिलो करार अवधि एक वर्षको हुने र अवधि थप गर्न सकिने प्रावधान छ। इजरायलले महिला श्रमिकहरुलाई प्राथमिकतामा राखेको भए पनि आवेदन दिनेमा पुरुषहरुकै संख्या बढी छ। केयरगिभरमा जान पाउने एक हजारमा ७०० महिला र ३०० जना पुरुषको कोटा तोकिएको छ।

  • सम्बन्धित विषय:

  • # इजरायल
  • # केयरगिभर

  • Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij