Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

म्यान्मारका प्रदर्शनकारीको निशानामा चिनियाँ उद्योग 

म्यान्मारका प्रदर्शनकारीको निशानामा चिनियाँ उद्योग 

  • चैत्र २, २०७७ सोमवार १२:३४ बजे
  • 781
    SHARES
  • म्यान्मारका प्रदर्शनकारीको निशानामा चिनियाँ उद्योग 

    याङगुन । म्यान्मारमा सैन्य शासनविरुद्ध महिनादेखि यता लगातार प्रदर्शन भइरहेको छ । आइतबार भएको प्रदर्शनमा सेनाले चलाएको गोली लागेर ३८ जना प्रदर्शनकारी मारिएका छन् । प्रदर्शनकारीले चीनले सेनाको समर्थन गरिरहेको भन्दै त्यहाँ रहेका चिनियाँ उद्योग तथा व्यवसायलाई निशाना बनाएका छन् । आइतबार याङगुनको ह्लाइन्गथायामा रहेको चिनियाँ उद्योगमा प्रदर्शनकारीले आगो लगाइदिएका छन् । चिनियाँ उद्योगमा आक्रमण गरेपछि सेनाले गोली चलाएको थियो । याङगुनमा मात्र आइतबार २१ जना मारिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यामले जनाएका छन् । 

    चिनियाँ दूतावासले ह्लाइन्गथायाको कपडा कारखानामा अज्ञात हमलावरहरूले गरेको आक्रमणबाट धेरै चिनियाँ कर्मचारी घाइते भएको र कतिपय कारखानाभित्रै फसेको बताएको छ । दूतावासले म्यानमारका शासकलाई चिनियाँ सम्पत्ति र नागरिकहरूको सुरक्षाको लागि आग्रह गरेको छ । चीनलाई सत्ता नियन्त्रणमा लिएको सैन्य संगठनको समर्थकको रूपमा हेरिन्छ । औद्योगिक क्षेत्रबाट धुवाँको मुस्लो देखिनेबित्तिकै सुरक्षा बलले आप्रवासीहरुको आवासीय क्षेत्रमा प्रदर्शनकारीहरूलाई गोली हानेको स्थानीय मिडियाले जनाएका छन् । यसपछि सेनाले म्यानमारको वाणिज्य केन्द्र र पूर्वराजधानी ह्लाइन्गथाया तथा याङगुनको अर्को जिल्लामा मार्शल कानून लागू गरेको थियो । 

    यसअघि पनि सेनाले आन्दोलनकारीलाई लक्षित गरी पटकपटक गोली चलाउँदै आएको छ । अहिलेसम्म त्यहाँ १२५ जनाको सुरक्षाबलको गोलीबाट ज्यान गएको छ । म्यान्मारमा सेनाले बल प्रयोग गरेपछि संयुक्त राष्ट्र संघले निन्दा गरेको छ र सेनालाई संयम हुन आग्रह गरिरहेको छ । प्रदर्शनकारीले म्यान्मारकी लोकतन्त्रवादी नेतृ आङ सान सुकीसहित सैनिक नियन्त्रणमा रहेका सबै नेताहरूलाई मुक्त गर्न माग गरेका छन् । उनीहरूले सुकीसहित सबै नेताहरूलाई तत्काल रिहा गर्न र नोभेम्बरमा भएको चुनावी परिणाम स्वीकार गर्नुपर्ने माग राखेका छन् ।

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij