Logo

२०८३, कार्तिक २६ गते बुधवार

२०८३, कार्तिक २६ गते बुधवार

भोलि हुने इजरायल ‘केयरगिभर’ को परीक्षा तयारी पूरा

भोलि हुने इजरायल ‘केयरगिभर’ को परीक्षा तयारी पूरा

  • 641
    SHARES
  • भोलि हुने इजरायल ‘केयरगिभर’ को परीक्षा तयारी पूरा

    काठमाडौं । भोलि हुने इजरायलको दीर्घकालीन स्याहार केन्द्रमा सहायक कामदार (केयरगिभर) परीक्षा तयारी पूरा भएको वैदेशिक रोजगार विभागले जनाएको छ ।  भोलि दिउँसो एक बजेदेखि अंग्रेजी भाषाको परीक्षा हुँदैछ ।  त्यसका लागि काठमाडौं उपत्यकाका १२ वटा स्थानका १६ वटा केन्द्रमा परीक्षा हुँदैछ । त्यसको सम्पूर्ण तयारी पूरा भएको विभागका निर्देशक तथा सूचना अधिकारी कमल ज्ञवालीले जानकारी दिए ।
     
    केही सञ्चारमाध्यमले सर्वोच्चले परीक्षा तत्काल रोक्न आदेश दिएको र परीक्षा रोकिएको भन्दै समाचार सम्प्रेषण गरेका थिए । सर्वोच्चले स्वास्थ्य मापदण्ड पालना गराएर परीक्षा गर्न आदेश दिएको ज्ञवालीले प्रष्ट पारे ।  ‘परीक्षा रोकियो भने अफवाह फैलाइएको छ । यसले बाहिरबाट आउन लागेको धेरै विद्यार्थी रोकिएका छन् । परीक्षा रोकिएको छैन । सम्पूर्ण तयारी पूरा गरेर परीक्षा निर्धारित समयमै गर्दैछौं’, निर्देशक ज्ञवालीले भने । 

    सहायक कामदारको अंग्रेजी भाषाको परीक्षाका लागि सात हजार २१ जना छनोटमा परेका छन् । ९ हजार जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्ये दुई हजार जना छनोटमा पर्न सकेनन् । इजरायलले नेपालबाट एक हजार जना केयरगिभरका लागि कामदार लाँदैछ । जसमा सात सय महिला र तीन सय जना पुरुष छन् । 

    परीक्षाका लागि परीक्षार्थीहरूले अनलाइनबाटै प्रवेशपत्र लिन सकिनेछ । भाषा परीक्षा तोकिएका विज्ञ व्यक्तिको सहयोगमा गरिन लागेको निर्देशक ज्ञवालीले बताए । भाषा परीक्षापछि परीक्षार्थीले प्राप्त गरेको अंक सम्बन्धित व्यक्तिको अनलाइन प्रोफाइलमा विज्ञले प्रविष्ट गरिदिने व्यवस्था छ ।

    सोही प्राप्तांकका आधारमा छनोट समितिले योग्यताक्रम कायम गरी इजरायलबाट प्राप्त मागअनुसारभन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामवाली तयार गर्ने निर्देशक ज्ञवालीको भनाइ छ । 

    Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij