Logo

२०७८, आश्विन १ गते शुक्रवार

२०७८, आश्विन १ गते शुक्रवार

विगत २४ घण्टामा ९११ संक्रमित, निको १ हजार ४२३ र १३ जनाको निधन

विगत २४ घण्टामा ९११ संक्रमित, निको १ हजार ४२३ र १३ जनाको निधन

  • 81
    SHARES
  • विगत २४ घण्टामा  ९११ संक्रमित, निको १ हजार ४२३ र १३ जनाको निधन

    काठमाडौं । देशभर ९११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार दिएको जानकारीअनुसार विगत २४ घण्टामा कुल ११ हजार १८ जनाको नमुना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन् ।

    यसै अवधिमा १ हजार ४२३ जना कोरोनाबाट निको भएका छन् भने थप १३ जनाको संक्रमणका कारण निधन भएको छ । यो संख्यासहित हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १० हजार ९४९ पुगेको छ ।

    मन्त्रालयकाअनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार ७५७ पुगेको छ । कुल संक्रमितमध्ये निको हुनेको दर ९५.१ प्रतिशत छ भने सक्रिय संक्रमितको दर ३.४ र मृत्यु हुनेको दर १.४ प्रतिशत छ ।  

    सम्बन्धित समाचार
    धेरै पढिएको

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology