काठमाडौं– इंग्लिस प्रिमियर लिगमा लिभरपुलले लिड्स युनाइटेड विरुद्ध सहज जित निकालेको छ। लिभरपुलले घरेलु टोली लिड्समाथि ३–० को सहज जित निकालेको हो ।
आइतबार राति भएको खेलमा लिभरपुलको सहज जितमा मोहम्मद सलाह, फाविन्हो र साडियो मानेले गोल गरे ।
खेलको २०औं मिनेटमा मोहम्मद सलाहले गोल गर्दै लिभरपुललाई अग्रता दिलाए । उनले ट्रेन्ट एलेसान्दर अर्नोल्डको पासमा गोल गरेका थिए । ५०औं मिनेटमा फाविन्होले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे ।
६०औं मिनेटमा पास्कल स्ट्रजिक सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि लिड्स थप समस्यामा पर्दा लिभरपुललाई खेलमा थप सहज बनेको थियो । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा साडियो मानेले थियागो अलकान्तराको पासमा गोल गर्दै लिभरपुलाई सहज जित दिलाए ।
यो जितसँगै अपराजित रहेको लिभरपुलले शीर्ष दुईमा रहेका म्यानचेस्टर युनाइटेड र चेल्सीसँगको अंक बराबरी गरेको छ । समान ४ खेलबाट समान १० अंक रहेपनि लिभरपुल गोलअन्तरमा तेस्रो स्थानमा रहेको छ । पराजित लिड्स २ अंक जोडेर १७औं स्थानमा रहेको छ ।
Copyright © All right reserved to webtvkhabar.com Site By: Sobij