Logo

२०८०, चैत्र १६ गते शुक्रवार

२०८०, चैत्र १६ गते शुक्रवार

‘सिरियल विनर’ माउरिन्होका हजार खेल, कस्तो छ तथ्यांक ?

‘सिरियल विनर’ माउरिन्होका हजार खेल, कस्तो छ तथ्यांक ?

  • भाद्र २८, २०७८ सोमवार ०९:०७ बजे
  • 390
    SHARES
  • ‘सिरियल विनर’ माउरिन्होका हजार खेल, कस्तो छ तथ्यांक ?

    एजेन्सी– प्रशिक्षककारुपमा जोसे माउरिन्होले एक हजार खेल खेलाएका छन्। ५८ वर्षीय भेट्रान पोर्चुगिज प्रशिक्षकले आइतबार राति रोमबाट सोउसुलो विरुद्ध एकहजार खेल खेले। जहाँ रोमाले २–१ को जित निकाल्यो। रोमको जितमा ब्रायान क्रिस्टन्टे र सारावेले गोल गरे। सोउसुलोका लागि फिलिप डुरुकिकले सान्तवना गोल गरेका थिए।  

    images

    सिजनको सुरुवातमा रोममा अनुबन्धित भएका माउरिन्हाले लगातार जित निकालिरहेका छन्। फलस्वरुप तीन खेलबाट ९ अंक जोडेर रोमा अंक तालिकाको शीर्ष स्थानमा छ।  

    माउरिन्हाले २१ बर्ष अघि प्रशिक्षण करियर थालेका थिए। सन् २००० मा पोर्चुगिज क्लब बेन्फिकाबाट प्रशिक्षण थालेका उनले हालसम्म १० वटा क्लबमा प्रशिक्षक बनेका छन्। त्यसमा पोर्चुगिज क्लब पोर्टो, इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर युनाइटेड, टोटनहम, स्पेनिस क्लब रियल मड्रिड देखि इटालियन क्लब इन्टर मिलानसम्म छन्।

    Jose-Mourinho man utd.jpg

     सबै क्लबमा एकहजार खेल खेलाउँदा माउरिन्हाले ६३९ खेलमा जित निकालेका छन्। २०४ खेल बराबरीमा सकिँदा १५८ खेलमा पराजय भोगेका छन्। समग्रमा माउरिन्होको जित प्रतिशत ६३.८० छ।  यो अवधिमा उनले २५ उपाधि जितेका छन्।

    dcd12-15592940515657-800.jpg

    माउरिन्हालाई फुटबलको दुनियाँमा ‘सिरियल विनर’कारुपमा लिइन्छ। उनी जुनसकुै क्लबमा जाँदा पनि केही न केही जित्ने प्रयास गरेका छन्। पछिल्लो सन् २००२ यता टोटनहम बाहेक सबै क्लबबाट उनले उपाधि जितेका छन्।

    त्यसैले त उनी एक हजार औं खेल समेत जित्न चाहान्थे। आफ्नो एक हजार औं खेलपछि भनेका छन्, ‘मैले सबैसँग झुट बोलेँ। म केही दिन देखि टिमसँग मेरो एक हजारौं खेल महत्वपूर्ण छैन भनिरहेको थिएँ। तर मलाई हारको ठूलो डर थियो। सौभाग्यले हामीले खेल जित्यौं। आज म बच्चा झैं दौडिरहेको थिएँ। किनकी म १२ वर्षको जस्तो महसुस गरिरहेको थिए। न कि ५८।’ 

    Jose-Mourinho-Premier-League-Trophy-Chelsea.jpg

    माउरिन्होले सम्हालेका क्लब र उपाधि

    –बेन्फिका (सन् २०००)

    – यूनिआओ डी लीरिया (सन् २००१–२००२)

    – पोर्टो (सन् २००२–२००४)

    मुख्य उपाधि– दुई पटक प्रिमियर लिगा, एक च्याम्पियन्स लिग, एक युइएफए कप 

    – चेल्सी (२००४–२००७), (२०१३–२०१५)

    मुख्य उपाधि– तीन इंग्लिस प्रिमियर लिग, एक एफए कप, तीन फुटबल लिग कप, एक कम्युनिटि सिल्ड।

    – इन्टर मिलान (२००८–२०१०)

    मुख्य उपाधि– दुई सिरी ए, एक कोपा इटालिया, एक च्याम्पियन्स लिग। 

    – रियल मड्रिड (२०१०–२०१३)

    मुख्य उपाधि– एक ला लिगा, एक कोपा डेल रे।

    –म्यानचेस्टर युनाइटेड (२०१६–२०१८)

    मुख्य उपाधि– एक इएफएल कप, एक कम्युनिटि शिल्ड, एक यूरोपा लिग

    – टोटनहम (२०१९–२०२१)

    –रोमा २०२१

  • सम्बन्धित विषय:

  • # जोसे माउरिन्हो

  • सम्बन्धित समाचार

    Copyright © All right reserved to webtvkhabar.com Site By: SobizTrend Technology